मृतक तिर्सनाका परिवारलाई २ लाख अतिरिक्त क्षतिपुर्ती दिने सहमति

सागर रोका
तुलसीपुर, पुस २६ ।

बसको ठक्करबाट मृत्यु भएकी तुलसीपुर उपमहानगरपालिका –५ की ३९ बर्षीया तिर्सना घर्ती मगरको मृत्यु पछि उत्पन्न तनाब पछि भएको दोस्रो पटकको वार्ता सहमतिमा टुँगिएको छ । मृतकको परिवारलाई क्षतिपुर्ती बाफ अतिरिक्त दुई लाख दिने र उनकी छोरीलाई कक्षा १२ सम्म पढाउने जिम्मा त्रिशिद्धेश्वरी यातायात प्रा.लिले जिम्मा लिएपछि मात्रै वार्तामा सहमति कायम भएको हो ।
बुधबार दिउँसो पौने २ बजेतिर तुलसीपुर बजारबाट बसपार्क जादै गरेको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसको ठक्करबाट तिर्सना घर्ती मगरको मृत्यु भएको थियो । पैदल हिडिरहेकी मगरलाई बाटो पार गर्दै गर्दा बसले ठक्कर दिएको थियो ।

सहमति अनुसार मृतक तिर्सना घर्ती मगरका दुई सन्तान मध्य हाल कक्षा ८ मा पढ्दै आएकी मृतककी छोरीलाई कक्षा १२ सम्म प्रा.लिले पढाउने जिम्मा लिएपछि कुरा मिलेको हो ।

दिउँसो २ बजेदेखि पर्दशनमा उत्रिएकाहरुलाई अपरान्ह ४ बजेपछि प्रहरीले सम्झाइ बुझाइ गरि फेरि वार्तामा बस्न सहमति गराएको थियो । त्यस्तै गरेर इप्रका तुलसीपुरमा फेरि छलफल भएको थियो ।

दुर्घटना लगतै बस चालक तुलसीपुर – ६ का ४२ बर्षीय खिमराज वलीलाई भने प्रहरी नियनन्त्रणमा लिइ सकेको थियो ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान