तुलसीपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते ।

सागर रोका
तुलसीपुर, ३ माघ ।
दाङको तुलसीपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ६ का २८ वर्षका सुदिप भनेर चिनिने बाबुराम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार गम्भिर घाइते भएका चौधरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि हिजो राती साढे १२ बजेतिर नर्सिङहोम नेपालगंज बाँके रिफर गरिएको थियो । बाँके बाट बाबुरामलाई आफन्तीले आज विहान ८ बजेतिर घरतिर ल्याएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता विनोदराज खत्रीले जानकारी दिनुभयो ।

बबुरामलाई आज बिहान आफन्तीले पुनः राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएका थिए । डाक्टरले चेक जाँच गर्दा सवा १० बजेतिर चौधरीलाई मृत घोषणा गरेको प्रहरी प्रवक्ता खत्रीले जानकारी दिनुभयो । मृतकको शव अस्पतालमा राखिएको छ ।
स्कुटर चालक तुलसीपुर-६ का २८ वर्षका सुमन चौधरी गम्भिर घाइते भएको प्रहरी प्रवक्ता खत्रीले जानकारी दिनुभयो । घाइते सुमनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागि हिजो साढे ९ बजेतिर नर्सिङहोम नेपालगंज बाँके रिफर गरिएको खत्रीले बताउनुभयो ।

बिजौरीबाट भेलाहितर्फ जादै गरेको रा ८ प ३१७९ नंम्बरको स्कुटर हिजो साँझ साढे ८ बजेतिर तुलसीपुर- १६ राउतगाँउमा दुर्घटना भएको प्रहरी प्रवक्ता खत्रीले जानकारी दिनुभयो ।

स्कुटर प्रहरीले नियण्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ॥

  • सम्बन्धित पोस्टहरू

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    दाङ, ७ जेठ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेकाले देशका धेरै स्थानहरूमा हावाहुरी, मेघगर्जन र चट्याङसहितको वर्षा भइरहेको छ। विशेषगरी…

    थप पढ्नुहोस्

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुर ६, जेठ । मङ्गलवार भएकाे हावाहुरी र वर्षाले दाङको तुलसीपुर, देउखुरीको राजपुर लगायतका स्थानहरूमा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार हावाहुरीले विद्युतका पोल ढालेको, तार चुँडिएको…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    • By rita kc
    • ८ जेष्ठ २०८२, बुधबार ०४:३३
    • 25 views
    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    • By rita kc
    • ७ जेष्ठ २०८२, मंगलवार १५:२७
    • 60 views
    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    • By rita kc
    • ६ जेष्ठ २०८२, सोमबार १६:२१
    • 118 views
    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम   खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    • By rita kc
    • ५ जेष्ठ २०८२, आईतवार ०४:१९
    • 84 views
    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०५:१९
    • 208 views
    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न  !

    आजकाे राशिफल ।

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०१:५५
    • 126 views
    आजकाे राशिफल ।