तुलसीपुर उपमहानगरपालिका छाडा पशु व्यवस्थापनमा असफल


रिता के सी
तुलसीपुर ५ माघ । तुलसीपुरमा छाडा पशु व्यवस्थापन चुनौती बनेको छ।
छाडा पशु चौपायाका कारण सवारी दुर्घटनाको जोखिम मात्र होइन किसानहरूको बाली समेत नोक्सान गरेका छन्।
यसको व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले आदियोगी आदित्यनाथ र तुलसी गौशाला निर्माण गर्दा पनि व्यवस्थापन गर्न नसक्दा त्यहाँको अवस्था जीर्ण रहेको छ। उपमहानगरपालिकाले गाई गोरु व्यवस्था सम्बन्धी ठोस निर्णय कानुन निर्माण तथा पालेको पशु चौपाया छोड्नेलाई कारबाही नगर्दा छाडा पशु व्यवस्थापन चुनौती बन्दै गएको छ। छाडा पशु चौपायाका कारण कृषक, यातायात ,व्यवसायी पनि समस्यामा परेका छन्।

छाडा पशु चौपायाका कारण किसानहरूले लगाएको बालीमा समेत क्षति पुगेपछि उपमहानगरपालिकामा व्यवस्थापनका लागि पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको स्थानीय यम केसी ले बताएका छन्। त्यस्तै घोराही सडक खण्ड अवस्थित बस चालक गाडी आफ्नै गतिमा चलिरहेको बेला गाईगाेरु सडकमा आइदिँदा दुर्घटनाको जोखिम बढ्ने र रकम समेत तिराउने गरेको बिनाेद िब क ले बताएका छन्।
त्यस्तै अटो चालक सुशील खत्रीले गाईगाेरु सडकमा आइदिँदा दुर्घटना भइराखेकाले ठूलो समस्या रहेको बताएका छन्। त्यस्तै पशु चौपाएकै कारणले दुर्घटना भइरहेको स्थानीय व्यवसायी अर्बिन्द गुप्ताले बताएका छन्। त्यस्तै तुलसीपुरमा अवस्थित आदियोगी आदित्यनाथ गौशालाका अध्यक्ष भरतनाथ योगीले गाई व्यवस्थापनमा सरकारले सहयोग नगरेका कारणले छाडा गाईगाेरु थप गर्न नसक्ने बताउनुभयो।

त्यहाँ सरकारले गाईहरू व्यवस्थापन उपयुक्त ढङ्गले गर्न नसक्दा कति गाई गोरुहरूको मृत्यु भयो भने कुनै हिसाब छैन । गौशाला पुग्दा मरेका गाईगाेरुहरूले वरपर दुर्गन्ध फैलिएको छ। त्यस्तै तुलसी गौशालाका व्यवस्थापक सागर रेग्मीले
गौशालामा ठाउँ नभएकाले अन्य गाईगोरुहरू थप गर्न नसकिने अवस्था आएको बताउनुभयो। त्यस्तै सडकमा छाडा पशु चौपाया व्यवस्थापनमा चुनौती भएतापनि यसको व्यवस्थापन गर्ने जिम्मा सडक डिभिजन कार्यालयको नभएको सडक डिभिजन कार्यालयका प्रमुख दिपेन्द्र बहादुर बिष्टले बताउनुभयो।
यता तुलसीपुर उपमहानगरपालिकाका पशुसेवा शाखा प्रमुख मनोज ओलीले पशु व्यवस्थापन गर्नु आफ्नो जिम्मेवारी नभएको बताउनुभयो। फाेहाेरमैला व्यवस्थापन शाखा प्रमुख रेवा राउतका अनुसार गौशालाका अध्यक्षले गाईगाेरु राख्न अस्वीकार गरेपछि नगरपालिकाले केही गर्न नसक्ने र गाई व्यवस्थापनका लागि कुनै नीति नियम नभएको बताउनुभयो ।

नेपालको कानुनमा भने गाई गोरुहरूलाई मार्न नहुने व्यवस्था गरिएको छ। मुलुकी अपराध समिता ऐन २०७४ परिच्छेद २७ को उपदफा १ मा पशुपंक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने उल्लेख गरिएको छ। यदि कसैले त्यस्तो कार्य गरेमा कसुरदारलाई तीन महिनासम्म कैद र पाँच हजारसम्म जरिमाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ। यसको व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले छाडा पशु व्यवस्थापन सम्बन्धी ठोस नीति नियम बनाउनु पर्ने देखिन्छ ।

  • सम्बन्धित पोस्टहरू

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    घाेराही, १५ माघ । राप्ती इञ्जिनियरिङ कलेज घोराहीमा   विशेष कार्यक्रमको आयोजना गरी कलेजका संस्थापक अध्यक्ष, पूर्व प्रिन्सिपल तथा हाल संचालक समिति अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीलाई सम्मान…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने