
तुलसीपुर, १४ माघ । नगर स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा भएको आयोजक तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ । प्रतियोगिता अमर माध्यामिक विद्यालय उरहरी दाङमा भोलिदेखि सुरु हुने छ ।साेहि कार्यक्रम माघ १५ देखि १७ गतेसम्म सञ्चालन रहनेछ नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ४४ वटा विद्यालयका १३ सय ६० जना खेलाडीले भाग लिदैछन् । प्रतियोगिता अवधिभर भलिबल, कपर्दी, दौड, कराँते, हाइजम्प, जमजम, सटफुट लगायतका खेलहरू हुनेछन् ।उक्त कार्यक्रम बिहान ११ बजे देखि सुरु हुनेछ कार्यक्रमकाे उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको उद्घाटन सत्रमा प्रहरीबाट मार्चपास गरिने छ भने विभिन्न जातजाति, भेषभुषा झल्किने सांस्कृतिक कार्यक्रम समेत गरिने आयोजकले बताएको छ ।