
बाँके । सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक आइजीपी राजु अर्यालले ईलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीलाई सम्मान गरेका हुन् ।
२४ औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा सशस्त्र प्रहरी मुख्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रहरी निरीक्षक बुढाथोकीलाई आईजिपी अर्यालले सम्मान गरे।
आईजिपी अर्यालले बुढाथोकीलाई सम्मानस्वरुप ‘आइजी एपिएफ कम्मेन्डेसन’को प्रमाण पत्र प्रदान गरे।
सशस्त्र प्रहरी बलले सम्पादन गर्ने जिम्मेवारी पूरा गर्न विभिन्न तवरले सहयोग,समन्वय र सहकार्य गरेको उच्च मूल्यांकन गर्दै बुढाथोकीलाई उक्त सम्मान गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचौकका एआईजी नारायण दत्त पौडेलले जानकारी दिएका छन ।
प्रहरी निरीक्षक बुढाथोकी ६ महिनादेखि ईलाका प्रहरी कार्यालय जमुनाहा बाँकेमा कार्यरत् रहेका छन् । उनले बाँकेको नेपाल र भारत सिमानामा कार्यसम्पादनका क्रममा सशस्त्र प्रहरीसँग समन्वय गरी शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।