
तलसीपुर माघ १९ ।
दाङ भ्याली मा.वि तुल्रसीपुरले वनभोज एवं शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शिक्षकहरूलाई प्रशिक्षण गर्नका लागि पूर्व स्रोत व्यक्ति मुकुन्द रिजाललाई आमन्त्रण गरिएको थियो। तुलसीपुर राप्ती शान्ति उद्यानमा वनभोज कार्यक्रमको अवसर पारी प्रशिक्षण गरिएको हो। विद्यालयका अध्यक्ष तिलक साहुको अध्यक्षता तथा मुकुन्द रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका अध्यक्ष तिलक साहुले वनभोज कार्यक्रमलाई नाचेर मात्र भन्दा पनि समयको सदुपयोग गरी शिक्षकहरुलाई अभिमुखीकरण गर्नका लागि कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
त्यस्तै प्रशिक्षक मुकुन्द रिजालले शिक्षाको पेशागत वृद्धि सम्बन्धमा प्रशिक्षण गर्नुभएको हो। त्यस्तै विद्यालयका शिक्षकहरूले रिजालले दिएको प्रशिक्षण उपलब्धिमूलक भएको र आगामी दिनमा शिक्षामा विशेष सुधार गर्दै लैजाने बताउनुभयो ।

