
साईट आई केयर ,अप्टिकल दाङले ग्रेट अरनिको माध्यमिक बिद्यालयमा बिद्यार्थीहरूलाई नि शुल्क आखा सम्बन्धि चेकजाँच
दाङ तुलसीपुर ६
साईट आई केयर ,अप्टिकल दाङले ग्रेट अरनिको माध्यमिक बिद्यालयमा बिद्यार्थीहरूलाई नि शुल्क आखा सम्बन्धि चेकजाँच ग्रेट अरनिको माध्यमिक बिद्यालयले आफ्नो बार्षिकउत्सव तथा अभिभावक दिवसको अवसरमा बिद्यालयले बिद्यार्थी तथा अभिभावक लाई नि: शुल्क आखा चेकजाँचकाे कार्यक्रम सञ्चालन गरेको हाे । साईट आई केयर तुलसीपुर दाङले आज उक्त बिद्यालयका बिद्यार्थी तथा अभिभावक करिब २६८ जनालाई । सेवाकाे लाभ प्रदान गरेको हाे । साईट आई केयर क्लिनिकका प्रशिक्षक तुल्सि गिरले आखाकाे चेकजाँच गर्नुभएको हाे । साेहि कार्यक्रममा आखा परिक्षण गर्दा सामान्य आँखा १६९ जना त्यसैगरी आखा कमजोर चश्मा लगाउनु पर्ने ५७ जना र आखा राताे , खुख्खा चिलाउने , बिझाउने ४२ जनालाई नि:शुल्क आैषधि बितरण भएको थियाे ।
