दाङ भाली तुलसीपुरमा “खेल-सप्ताह समापन”

तुलसीपुर माघ २१ ।

दाङ भ्याली तुलसीपुरमा “खेल-सप्ताह समापन”

वसन्त पन्चमीको अवसरमा सरस्वती पूजनसँगै तुलसीपुर स्थित दाङ भ्याली मा. बि. ले गतहप्तादेखि शुरु गरिएको “”वार्षिक खेल सप्ताह” विभिन्न कार्यक्रम सहित पुरस्कार वितरण गरि सप्पन्न गरेको छ।

विभिन्न खेलमा प्रथम,द्वितीय,तृतीय र उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई प्रमाणपत्र, मेडल एवं ट्रफीद्वारा पुरस्कृत तथा सम्मान गरिएको हो।
तिलक शाहूको अध्यक्षता र दाङ जिल्ला कबडी संघका अध्यक्ष कुल बहादुर डाँगीको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा विद्यालयका आरट्स शिक्षक पोषण बश्यालको सहजीकरणमा विध्यार्थीले कार्यक्रम स्थलमै चित्रकला प्रस्तुत गरे र उपस्थित अभिभावकलाई बेचेर निश्चित आयअर्जन समेत गरेका थिए। त्यसै गरि खेल शिक्षकको मद्दतले खेलाडीले आ-आफ्नो खेल- कला देखाएका थिए। कार्यक्रम अवधिभर नृत्य शिक्षकको समायोजनमा भाईबहिनीले विभिन्न खालका नृत्य प्रस्तुत समेत गरेका थिए। भाईबहिनीले “दूर्व्यसनी बिरुद्ध” एक हौं भन्दै देखाएको नाटकले उपस्थित सबैको मन जितेको देखिन्थ्यो।

उक्त अवसरमा विभिन्न टोल संस्थाका अध्यक्ष लगायत प्रतिनिधि, विद्यालयका विध्यार्थी,अभिभावक ,पूर्व विध्यार्थी लगायतको बाक्लो उपस्थित रहेको उक्त कार्यक्रममा प्र. अ. शिला अर्याल,बिशिस्ट अतिथी लगायतले मन्तव्य राख्नु भएको थियो भने प्रमुख अतिथी- दाङ जिल्ला कबडी संघका अध्यक्षले विधालयले बोलाएको खण्डमा जुनसुकै बेला पनि सहयोग गर्न आफू तयार रहेको बताउनु भएको थियो। सोही अवसरमा बोल्दै विद्यालयका अध्यक्ष समेत रहेका तिलक शाहूले पूर्वीय संस्कार सहितको आधुनिक शिक्षा नै आजको आवस्यकता रहेकोमा जोड दिनु भएको थियो। शिक्षिका झरना के सी को स्वागत मन्तब्यबाट शुरु गरिएको कार्यक्रम अर्की शिक्षिका प्रतीक्षा शाहीले सन्चालन गरेकी थिइन।

  • सम्बन्धित पोस्टहरू

    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    तुलसीपुर, ५ चैत । दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित गाेदाम घर नजिकमा खुकुरी प्रहार हुँदा एक ब्यक्ति घाईते भएका छन् ।मंगलबार दिउसाे २ बजेतिर दुईजना ब्यक्तिले खुकुरी प्रहार…

    थप पढ्नुहोस्

    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    तुलसीपुर, ४ पुस । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश शाहीका अनुसार नियम विपरीत चलाएका सवारी साधनहरु धमाधम नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ । शुक्रबार…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    • By rita kc
    • ४ चैत्र २०८१, मंगलवार १५:२२
    • 87 views
    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    • By rita kc
    • ४ चैत्र २०८१, मंगलवार १२:४२
    • 126 views
    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार १०:१८
    • 119 views
    तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०९:२९
    • 62 views
    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०८:४०
    • 87 views
    बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

    तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०४:१६
    • 73 views
    तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित