दाङ भाली तुलसीपुरमा “खेल-सप्ताह समापन”

तुलसीपुर माघ २१ ।

दाङ भ्याली तुलसीपुरमा “खेल-सप्ताह समापन”

वसन्त पन्चमीको अवसरमा सरस्वती पूजनसँगै तुलसीपुर स्थित दाङ भ्याली मा. बि. ले गतहप्तादेखि शुरु गरिएको “”वार्षिक खेल सप्ताह” विभिन्न कार्यक्रम सहित पुरस्कार वितरण गरि सप्पन्न गरेको छ।

विभिन्न खेलमा प्रथम,द्वितीय,तृतीय र उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई प्रमाणपत्र, मेडल एवं ट्रफीद्वारा पुरस्कृत तथा सम्मान गरिएको हो।
तिलक शाहूको अध्यक्षता र दाङ जिल्ला कबडी संघका अध्यक्ष कुल बहादुर डाँगीको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा विद्यालयका आरट्स शिक्षक पोषण बश्यालको सहजीकरणमा विध्यार्थीले कार्यक्रम स्थलमै चित्रकला प्रस्तुत गरे र उपस्थित अभिभावकलाई बेचेर निश्चित आयअर्जन समेत गरेका थिए। त्यसै गरि खेल शिक्षकको मद्दतले खेलाडीले आ-आफ्नो खेल- कला देखाएका थिए। कार्यक्रम अवधिभर नृत्य शिक्षकको समायोजनमा भाईबहिनीले विभिन्न खालका नृत्य प्रस्तुत समेत गरेका थिए। भाईबहिनीले “दूर्व्यसनी बिरुद्ध” एक हौं भन्दै देखाएको नाटकले उपस्थित सबैको मन जितेको देखिन्थ्यो।

उक्त अवसरमा विभिन्न टोल संस्थाका अध्यक्ष लगायत प्रतिनिधि, विद्यालयका विध्यार्थी,अभिभावक ,पूर्व विध्यार्थी लगायतको बाक्लो उपस्थित रहेको उक्त कार्यक्रममा प्र. अ. शिला अर्याल,बिशिस्ट अतिथी लगायतले मन्तव्य राख्नु भएको थियो भने प्रमुख अतिथी- दाङ जिल्ला कबडी संघका अध्यक्षले विधालयले बोलाएको खण्डमा जुनसुकै बेला पनि सहयोग गर्न आफू तयार रहेको बताउनु भएको थियो। सोही अवसरमा बोल्दै विद्यालयका अध्यक्ष समेत रहेका तिलक शाहूले पूर्वीय संस्कार सहितको आधुनिक शिक्षा नै आजको आवस्यकता रहेकोमा जोड दिनु भएको थियो। शिक्षिका झरना के सी को स्वागत मन्तब्यबाट शुरु गरिएको कार्यक्रम अर्की शिक्षिका प्रतीक्षा शाहीले सन्चालन गरेकी थिइन।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत