कविता: केही गर्छु भन्ने आशमा

विशाल गुप्ता

केही गर्छु भन्दाभन्दै, यहाँ दिन बित्यो,
सपना बुन्दै, तर हात खाली जस्तै भयो।
माटोमा सुन फुलाउने साहस दिलमा छ,
तर पेट पाल्न, आँसु सजाउँन मन विवश छ।

आमाको मुहारमा खुशी भेट्न सकिन
उनको आँखाको आशु मेट्न सकिनँ,
देशमा रहँदा केही गर्न नपाएपछि,
बाध्यताले परदेशिन बाध्य बनाए पछि

देश प्रेमले मन तान्छ, तर भोकले झस्काउँछ,
मनले हास्न खाजेपनि कताकता चस्काउछ
“देश बनाउनुपर्छ” भन्ने संकल्प ताकेकाे
विदेशी धरतीमा पसिना बगाउन लागेको।

यहाँ रहेर दिनभरी काम खोज्दै हिँडेको,
चरचर फुटकाे भाग्य सपना चिरेको।
टुटेको मन भएपनि मनमा छ अझै आशा,
अवश्य फर्कनेछु, देश बनाउने विश्वास।

विदेश जान्छु, तर बिर्सन्नँ म मेरो जन्मभुमि,
म फर्कन्छु अवश्य, पुरा गर्न हर सपना घुमिघुमि
देशलाई नयाँ उचाइमा पु¥याउने लक्ष्य थरिथरि
कसैले “केही गर्छु” भन्ने होइन, “केही गरेँ” भन्ने गरी।

  • सम्बन्धित पोस्टहरू

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    नवलपरासीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, दुई गम्भीर घाइते ।

    ६ मंसिर, मध्यविन्दु । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को कावासोती नगरपालिका–१६ डण्डा बजारमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शुक्रबार राति १० बजे…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।