
विशाल गुप्ता
केही गर्छु भन्दाभन्दै, यहाँ दिन बित्यो,
सपना बुन्दै, तर हात खाली जस्तै भयो।
माटोमा सुन फुलाउने साहस दिलमा छ,
तर पेट पाल्न, आँसु सजाउँन मन विवश छ।
आमाको मुहारमा खुशी भेट्न सकिन
उनको आँखाको आशु मेट्न सकिनँ,
देशमा रहँदा केही गर्न नपाएपछि,
बाध्यताले परदेशिन बाध्य बनाए पछि
देश प्रेमले मन तान्छ, तर भोकले झस्काउँछ,
मनले हास्न खाजेपनि कताकता चस्काउछ
“देश बनाउनुपर्छ” भन्ने संकल्प ताकेकाे
विदेशी धरतीमा पसिना बगाउन लागेको।
यहाँ रहेर दिनभरी काम खोज्दै हिँडेको,
चरचर फुटकाे भाग्य सपना चिरेको।
टुटेको मन भएपनि मनमा छ अझै आशा,
अवश्य फर्कनेछु, देश बनाउने विश्वास।
विदेश जान्छु, तर बिर्सन्नँ म मेरो जन्मभुमि,
म फर्कन्छु अवश्य, पुरा गर्न हर सपना घुमिघुमि
देशलाई नयाँ उचाइमा पु¥याउने लक्ष्य थरिथरि
कसैले “केही गर्छु” भन्ने होइन, “केही गरेँ” भन्ने गरी।

