फेरि २६०० कै लाइनमा आयो नेप्से

माघ २४, २०८१ बिहीबार
तुलसीपुर । शेयर बजार आज (विहिवार) पनि घटेको छ । आज शेयर बजार परिसुचक नेप्से ११ अंकले घटेर फेरि २६०० कै लाइनमा पुगको छ । सोमवार २७३० विन्दुमा पुगेको नेप्से लगातार तीन दिन घटेर फेरि २७०० भन्दा तल खसेको हो ।

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ११.६४ अंक घटेर २६९९ अंकमा कायम भएको छ । बजार घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ८ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ९ अर्ब २४ करोडको भयो । ७४ कम्पनीको मूल्य बढ्दा १६० को घट्यो भने ९ को स्थिर रह्यो ।

फाइनान्सबाहेक सबै सेक्टरका सूचक घटेका छन् । फाइनान्स १.५८ प्रतिशत बढ्यो । विकास बैंक सबैभन्दा धेरै १.५३ प्रतिशत घट्यो ।

बैंकिङ ०.३५, होटल तथा पर्यटन ०.३७, हाइड्रोपावर ०.३८, लगानी ०.३९, जीवन बीमा ०.१६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.५९, निर्जीवन बीमा ०.४५, अन्य १.०५ र व्यापार ०.११ प्रतिशत घटे ।

उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत घट्यो । भूगोल इनर्जीको ७.८९, रावा इनर्जीको ४.७ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा साहस ऊर्जा, नेपाल पुनर्बीमा कम्पनी, बरुण हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि रहे ।

अपरलोहोरेखोलाको मूल्य १० प्रतिशत बढ्यो । सेन्ट्रल फाइनान्सको ६.५१, सुपरमादी हाइड्रोपावरको ५.७१, मल्टिपर्पस फाइनान्सको ४.९६ तथा नेपाल फाइनान्सको ४.१६ प्रतिशत मूल्य बढ्यो ।

  • सम्बन्धित पोस्टहरू

    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !

    दाङ ३, जेठ । प्रजातान्त्रिक प्रक्रियाका बारेमा अभ्यस्त बनाउने उद्देश्यले दाङभ्याली मा. बि. तुलसीपुरले “स्कुल क्याप्टेन” को छनौट चुनावी प्रक्रियाद्वारा सम्पन्न गरेको छ। उक्त अवसरमा ,मतपत्र एवं मतपेटिकाको व्यवस्था गर्दै…

    थप पढ्नुहोस्

    कक्षा १२ को परीक्षा आजदेखि सुरु, ५ लाखभन्दा बढी सहभागी मोबाइल र स्मार्ट डिभाइस लैजान पूर्ण प्रतिबन्धित ।।

    काठमाण्डाैं २१, वैशाख । कक्षा १२ को स्थगित परीक्षा आजबाट सुरु भएको छ। बिहान ८ बजेबाट सुरु हुने परीक्षा ११ बजेसम्म चल्नेछ र जेठ २ गतेसम्म सञ्चालन हुनेछ। यसअघि वैशाख…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    • By rita kc
    • ८ जेष्ठ २०८२, बुधबार ०४:३३
    • 22 views
    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    • By rita kc
    • ७ जेष्ठ २०८२, मंगलवार १५:२७
    • 60 views
    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    • By rita kc
    • ६ जेष्ठ २०८२, सोमबार १६:२१
    • 118 views
    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम   खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    • By rita kc
    • ५ जेष्ठ २०८२, आईतवार ०४:१९
    • 84 views
    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०५:१९
    • 208 views
    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न  !

    आजकाे राशिफल ।

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०१:५५
    • 126 views
    आजकाे राशिफल ।