
तुलसीपुर १५ चैत ।
प्रकाश के. सी
पर्खाइमा नेपाल आमा गीत सार्वजनिक भएकाे छ । पत्रकार यज्ञ बुढाकाे रचनामा सृजित गित आज बेलुका ५ बजे सार्वजनिक हुने जानकारी गराइएकाे छ । तुलसीपुरमा रहेकाे रिपाेट् क्लबकाे भवनमा एक कार्यक्रमकाे अायाेजना गरि गित सार्वजनिक हुने जानकारी गराइएकाे हाे ।
रिपाेट्स क्लब अफ दाङका अध्यक्ष सरद रेग्मीकाे अध्यक्षतामा तथा जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख यज्ञ ब बुढा मगरकाे प्रमूख आथित्यतामा कार्यक्रम भएकाे हाे ।
कार्यक्रममा गितका रचनाकार यज्ञ बुढाले नेपाली नागरिकहरु श्रम बेच्नैका लागी विदेसिनु पर्ने बाध्यता नेपालमा बाजाे खेतकाे अवस्थाबारे गितले राज्यलाइ जागरुप बनाउने सन्देश दिन खाेजेकाे उहाले बताउनुभयाे । यज्ञ बुढाले समय साप्यक्ष रुपमा नयाँ पुस्तालाइ स्थानिय कलाकारलाइ गितमा स्थान दिएकाे र उनीहरुमा धेरै क्षमता र प्रतिभा रहेकाे बताउनुभयाे ।

त्यस्तै कार्यक्रमका प्रमूख अतिथिले नेपालमा राेजगारीका प्रचुर सम्भावन हुदाहुदै पनि नेपालबाट करिब ६० लाख बढि नेपालीहरु विदेशिन बाध्य भएकाे अवस्थामा गितका रचनाकारले यथार्थ परक गित सार्वजनिक गरेकाे बताउनुभयाे ।
त्यस्तै रिपाेट्स क्लब दाङका अध्यक्ष सरद रेग्मीले दाङका विकासका लागी महत्वपूर्ण सन्देश दिएकाे बताउनुभयाे ।
त्यस्तै प्रेश यूनियन दाङका अध्यक्ष नारायण खड्काले गितका माध्यमबाटनै गितमा सुन्दर शब्दहरुकाे प्रयाेग गरेर देशकाे वास्तविक्ता झल्काउन खाेजिएकाे बताउनुभयाे ।
गितका कलाकार सेरबहादुर डाँगीकाे स्वागत मनतब्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजिकरण पत्रकार एचआर मगरले गर्नुभएकाे थियाे ।
