वडास्तरिय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ६ ले जित्यो,

दाङ, २५ माघ । तुलसीपुरमा संचालित सर्वाधिक पुरस्कार राशीको वडास्तरिय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ६ ले हात पारेको छ । अरनिको मैदानमा आज भएको फाइनल खेलमा वडा नम्बर ८  का विरुद्ध ४ गोलले पराजित गरेर आयोजक वडा नम्बर ६ ले जित हात पारेको हो । 

जितसंगै वडा नम्बर ६ ले नगद २ लाख ६६ हजार ६६६ र चाँदीको रनिङ शिल्ड प्राप्त गरेको प्रतियोगिता मूल आयोजक समितिका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारीले बताउनुभयो । 

यस्तै उपबिजेतामा चित्त बुझाउन बाध्य वडा नम्बर ८ को टिमले १ लाख ६६ हजार ६ सय ६६ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को आयोजना तथा युथ अफ तुलसीपुर र मदन भण्डारी युथ क्लबको सहकार्यमा अरनिको मैदानमा प्रतियोगिता संचालन भएको हो । 

माघ १९ गतेदेखि संचालित प्रतियोगितामा तुलसीपुरउपमहानगरका १९ वडामध्ये १६ वडाका टिमको सहभागिता रहेको थियो । त्यस्तै व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट हुने खेलाडी हरिहर बुढाले नगद ८ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । 

त्यस्तै उत्कृष्ट गोलरक्षक तुलसीपुर ६ का प्रतित शेर्पाइली , सर्वाधिक गोलकर्ता तुलसीपुर–६ का सागर गन्धर्व, उत्कृष्ट मध्यपंक्ति तुलसीपुर–८ का राजबहादुर बस्नेत, उत्कृष्ट प्रशिक्षक तुलसीपुर–६ का कमल लामिछाने र उत्कृष्ट डीभेन्स तुलसीपुर–६ का अनिश रसाइलीलाई क्रमश स् नगद ५ हजार पुरस्कार तथा प्रमाणपत्र सहित सम्मान गरिएको गरिएको छ ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान