रुकुम पूर्वमा दुई जनाको हत्या, आरोपित पनि मृत फेला

तुलसीपुर २९, माघ

रुकुम पुर्व । रुकुम पूर्वमा तीन जनाको शव फेला परेको छ । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ४ मा दुई जना लाई धारिलो हतियारले काटिएकाे अवस्थामा शव फेला परेको छ । भूमे ४ तल्लो साकिमका ५१ वर्षीय चन्द्रसिङ पुनमगरले ६० वर्षीय ढाटी बुढामगर र बुढामगरको नाति ८ महिनाको समिर बुढामगरलाई घरेलु हतियार खुकुरी प्रहार गरि हत्या गरिएको भेटिएको छ । दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डिएसपी माधवराज खरेलले जानकारी दिनुभयो । फरार रहेका चन्द्रसिङ पुनमगरलाई खोजतलसका क्रममा खुलखुले खोलामा टाउकोमा धारिलो चोट लागेको अवस्थामा मृत फेला पारिएको डिएसपी खरेलले बताउनुभयो । वडा अध्यक्ष श्याम प्रसाद बुढामगरका अनुसार दुई जनाको शवलाई मुचुल्का बनाई शव उठाउने प्रक्रिया भैरहेको र फरार भनिएकाे व्यक्तिको पनि मुचुल्का उठाउने प्रक्रिया चलेको छ । यस बिषयमा अनुसन्धान पश्चात् पुरा विवरण आउने जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सुचना अधिकारी हिम बहादुर खड्काले जानकारी दिनुभयो ।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत