
दाङ, ५ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओली दाङको देउखुरीमा आउनु भएको छ । सोमबार दिउसो पौने १ बजे उहाँ लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा आएउनु भएको हो ।
प्रधानमन्त्री ओली हेलिकप्टर मार्फत दाङको देउखुरी आउनु भएको छ। प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरुले स्वागत गर्नुभएको हो ।
उहाँले अहिले लुम्बिनी प्रदेशसभालाई विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि एमाले दाङको आयोजनामा दाङको घोराहीमा भएको जनसभालाई दिउसोे सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले दाङका प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिनुभयो।
त्यसपछि दाङको तुलसीपुरमा रहेको कोमल रिसोर्टलाई उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उहाँ हेलिकप्टरबाटै घोराही र तुलसीपुर आउने हुनुभएको छ ।