गुरु जजुर नमुना माविले मनायाे ७० औं वार्षिकाेत्सव ।

तुलसीपुर ११ फागुन ।

दाङको तुलसीपुरमा रहेको गुरु जजुर नमुना माविले आज ७० औ वार्षिक उत्सव तथा अभिभावक भेला मनाएको छ।

तुलसीपुर ४ रक्षाचाैरमा अवस्थित माविले आज विद्यालय स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा एक भव्य समारोहका बीच कार्यक्रम मनाएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर खड्काकाे अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा ११ नम्बर वडाका वडाध्यक्ष मानबहादुर रावतले वर्तमान समयमा सामुदायिक विद्यालयको अवस्था जीर्ण रहेको बेला गुरु जजुर अब्बल विद्यालयका रूपमा स्थापित भई सामुदायिक विद्यालयहरूको इज्जत बचाएको बताउनुभयो ।उहाँले विद्यालय स्थापनाको लामो समय हुँदा पनि जग्गाधनी प्रमाणपुर्जा ल्याउन असफल भएकाले जग्गाधनी प्रमाण पुर्जा ल्याउन विद्यालयलाई सहजीकरण गर्ने बताउनुभयो।

कार्यक्रममा प्रमुख अतिथि टिकाराम खड्काले शिक्षा क्षेत्रमा हुने परीक्षा प्रणालीलाई सुधार गर्दै लैजानुपर्ने र सामुदायिक विद्यालयमा देखिएका समस्याहरूलाई स्थानीय सरकारले सहजीकरण गर्ने बताउनुभयो।त्यस्तै कार्यक्रमका अध्यक्ष कृष्ण खड्काले ब्यवस्थापन समितिकाे अध्यक्ष भएको हैसियतले गर्नुपर्ने कार्य सत्य निषपक्ष र निष्ठापूर्वक निष्ठापूर्वक ढङ्गले कार्य गर्ने बताउनुभयो।

त्यसैगरि कार्यक्रमा तुलसीपुर ४ का वडा अध्यक्ष तुल्सि थापा पुर्व वि व्य स अध्यक्ष सुरेन्द्र खड्का , नेपाली काङ्ग्रेसका सभापति सुरेश हमाल , , त्रिदेव बाेर्डिङ स्कुलका प्र अ मनाेज हमाल लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे । कार्यक्रममा विभिन्न संस्कृति झल्किने नृत्य तथा सांगितिक प्रस्तुतीसमेत राखिएको थियो। भने बिद्यार्थीहरूले विभिन्न किसिमका बिज्ञान प्रदर्शनी पनि देखाउनु भएको थियाे ।

बिद्यालयका सहायक प्रधानध्यापक प्रमाेद न्याैपानेकाे स्वागत मन्तव्य बाट सुरूभएको कार्यक्रमकाे सहजीकरण शिक्षक लेबेन्द्र केसिले ,गर्नुभएको थियाे ।

  • सम्बन्धित पोस्टहरू

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    दाङ, ७ जेठ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेकाले देशका धेरै स्थानहरूमा हावाहुरी, मेघगर्जन र चट्याङसहितको वर्षा भइरहेको छ। विशेषगरी…

    थप पढ्नुहोस्

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुर ६, जेठ । मङ्गलवार भएकाे हावाहुरी र वर्षाले दाङको तुलसीपुर, देउखुरीको राजपुर लगायतका स्थानहरूमा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार हावाहुरीले विद्युतका पोल ढालेको, तार चुँडिएको…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    • By rita kc
    • ८ जेष्ठ २०८२, बुधबार ०४:३३
    • 17 views
    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    • By rita kc
    • ७ जेष्ठ २०८२, मंगलवार १५:२७
    • 60 views
    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    • By rita kc
    • ६ जेष्ठ २०८२, सोमबार १६:२१
    • 118 views
    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम   खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    • By rita kc
    • ५ जेष्ठ २०८२, आईतवार ०४:१९
    • 84 views
    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०५:१९
    • 206 views
    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न  !

    आजकाे राशिफल ।

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०१:५५
    • 124 views
    आजकाे राशिफल ।