गुरु जजुर नमुना माविले मनायाे ७० औं वार्षिकाेत्सव ।

तुलसीपुर ११ फागुन ।

दाङको तुलसीपुरमा रहेको गुरु जजुर नमुना माविले आज ७० औ वार्षिक उत्सव तथा अभिभावक भेला मनाएको छ।

तुलसीपुर ४ रक्षाचाैरमा अवस्थित माविले आज विद्यालय स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा एक भव्य समारोहका बीच कार्यक्रम मनाएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर खड्काकाे अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा ११ नम्बर वडाका वडाध्यक्ष मानबहादुर रावतले वर्तमान समयमा सामुदायिक विद्यालयको अवस्था जीर्ण रहेको बेला गुरु जजुर अब्बल विद्यालयका रूपमा स्थापित भई सामुदायिक विद्यालयहरूको इज्जत बचाएको बताउनुभयो ।उहाँले विद्यालय स्थापनाको लामो समय हुँदा पनि जग्गाधनी प्रमाणपुर्जा ल्याउन असफल भएकाले जग्गाधनी प्रमाण पुर्जा ल्याउन विद्यालयलाई सहजीकरण गर्ने बताउनुभयो।

कार्यक्रममा प्रमुख अतिथि टिकाराम खड्काले शिक्षा क्षेत्रमा हुने परीक्षा प्रणालीलाई सुधार गर्दै लैजानुपर्ने र सामुदायिक विद्यालयमा देखिएका समस्याहरूलाई स्थानीय सरकारले सहजीकरण गर्ने बताउनुभयो।त्यस्तै कार्यक्रमका अध्यक्ष कृष्ण खड्काले ब्यवस्थापन समितिकाे अध्यक्ष भएको हैसियतले गर्नुपर्ने कार्य सत्य निषपक्ष र निष्ठापूर्वक निष्ठापूर्वक ढङ्गले कार्य गर्ने बताउनुभयो।

त्यसैगरि कार्यक्रमा तुलसीपुर ४ का वडा अध्यक्ष तुल्सि थापा पुर्व वि व्य स अध्यक्ष सुरेन्द्र खड्का , नेपाली काङ्ग्रेसका सभापति सुरेश हमाल , , त्रिदेव बाेर्डिङ स्कुलका प्र अ मनाेज हमाल लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे । कार्यक्रममा विभिन्न संस्कृति झल्किने नृत्य तथा सांगितिक प्रस्तुतीसमेत राखिएको थियो। भने बिद्यार्थीहरूले विभिन्न किसिमका बिज्ञान प्रदर्शनी पनि देखाउनु भएको थियाे ।

बिद्यालयका सहायक प्रधानध्यापक प्रमाेद न्याैपानेकाे स्वागत मन्तव्य बाट सुरूभएको कार्यक्रमकाे सहजीकरण शिक्षक लेबेन्द्र केसिले ,गर्नुभएको थियाे ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान