चर्चित गायक उर्गेन दोङको प्रस्तुतिमा रमाए दर्शक


दाङ, १२ फागुन ।
तुलसीपुर महोत्सवको आज १२ औँ दिनमा चर्चित गायक उर्गेन दोङको प्रस्तुति दर्शक रमाएका छन् । गायक दोङले ‘लजालु मायालु’ , ‘सैया’ जस्ता गित प्रस्तुत गर्दा दर्शकहरु रमाए । नेपाली संगीत जगतका चर्चित गायक दोङले आज तुलसीपुर महोत्सवमा धमकेदार प्रस्तुति दिँदा दर्शकको उल्लेख्य सहभागीता रहेको आयोजकले जनाएको छ ।

आज चर्चित गायक दोङसहित गायिका सुजाता केसी, जालुमाया गुरुङ, गायक नरेन्द्र आचार्य, सन्तोष खड्काको पनि प्रस्तुती रहेको थियो । यस्तै थारु नायिका तथा मोडेल अन्जु चौधरी, चर्चित डान्सर अस्मिीता रानामगरको पनि प्रस्तुतिमा दर्शकहरु रमाएका छन् ।

साँस्कृतिक संयोजक सन्तोष खड्काले भोलि पनि चर्चित कलाकारको प्रस्तुति रहने बताउनुभयो । भोलि चर्चित गायक बद्रि पंगेनी लगायतका कलाकारको प्रस्तुति रहने उहाँले बताउनुभयो ।

‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ सुरु भएको महोत्सव फागुन १६ गतेसम्म संचालन हुने हुने छ ।

महोत्सव मूल आयोजक समितिका संयोजक तथा तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले महोत्सवमा हरेक दिन दर्शकको सहभागीता उल्लेख्य हुने गरेको बताउनुभयो ।

संयोजक भण्डारीले महोत्सवमा विशेष लोकदोहोरी, सामूहिक लोकनृत्य प्रतियोगिता, तथा स्थानीय कलाकारहरूको दमदार प्रस्तुति समेत समावेश गरिएको बताउनुभयो । उहाँले महोत्सवमा सहभागी भई मनोरञ्जन लिन तथा स्थानीय व्यापार प्रवद्र्धन गर्न आग्रह समेत गर्नुभएको छ ।

  • सम्बन्धित पोस्टहरू

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    दाङ, ७ जेठ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेकाले देशका धेरै स्थानहरूमा हावाहुरी, मेघगर्जन र चट्याङसहितको वर्षा भइरहेको छ। विशेषगरी…

    थप पढ्नुहोस्

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुर ६, जेठ । मङ्गलवार भएकाे हावाहुरी र वर्षाले दाङको तुलसीपुर, देउखुरीको राजपुर लगायतका स्थानहरूमा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार हावाहुरीले विद्युतका पोल ढालेको, तार चुँडिएको…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    • By rita kc
    • ८ जेष्ठ २०८२, बुधबार ०४:३३
    • 27 views
    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    • By rita kc
    • ७ जेष्ठ २०८२, मंगलवार १५:२७
    • 60 views
    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    • By rita kc
    • ६ जेष्ठ २०८२, सोमबार १६:२१
    • 118 views
    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम   खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    • By rita kc
    • ५ जेष्ठ २०८२, आईतवार ०४:१९
    • 84 views
    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०५:१९
    • 208 views
    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न  !

    आजकाे राशिफल ।

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०१:५५
    • 126 views
    आजकाे राशिफल ।