चर्चित गायक उर्गेन दोङको प्रस्तुतिमा रमाए दर्शक

दाङ, १२ फागुन ।
तुलसीपुर महोत्सवको आज १२ औँ दिनमा चर्चित गायक उर्गेन दोङको प्रस्तुति दर्शक रमाएका छन् । गायक दोङले ‘लजालु मायालु’ , ‘सैया’ जस्ता गित प्रस्तुत गर्दा दर्शकहरु रमाए । नेपाली संगीत जगतका चर्चित गायक दोङले आज तुलसीपुर महोत्सवमा धमकेदार प्रस्तुति दिँदा दर्शकको उल्लेख्य सहभागीता रहेको आयोजकले जनाएको छ ।

आज चर्चित गायक दोङसहित गायिका सुजाता केसी, जालुमाया गुरुङ, गायक नरेन्द्र आचार्य, सन्तोष खड्काको पनि प्रस्तुती रहेको थियो । यस्तै थारु नायिका तथा मोडेल अन्जु चौधरी, चर्चित डान्सर अस्मिीता रानामगरको पनि प्रस्तुतिमा दर्शकहरु रमाएका छन् ।

साँस्कृतिक संयोजक सन्तोष खड्काले भोलि पनि चर्चित कलाकारको प्रस्तुति रहने बताउनुभयो । भोलि चर्चित गायक बद्रि पंगेनी लगायतका कलाकारको प्रस्तुति रहने उहाँले बताउनुभयो ।

‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ सुरु भएको महोत्सव फागुन १६ गतेसम्म संचालन हुने हुने छ ।

महोत्सव मूल आयोजक समितिका संयोजक तथा तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले महोत्सवमा हरेक दिन दर्शकको सहभागीता उल्लेख्य हुने गरेको बताउनुभयो ।

संयोजक भण्डारीले महोत्सवमा विशेष लोकदोहोरी, सामूहिक लोकनृत्य प्रतियोगिता, तथा स्थानीय कलाकारहरूको दमदार प्रस्तुति समेत समावेश गरिएको बताउनुभयो । उहाँले महोत्सवमा सहभागी भई मनोरञ्जन लिन तथा स्थानीय व्यापार प्रवद्र्धन गर्न आग्रह समेत गर्नुभएको छ ।

  • सम्बन्धित पोस्टहरू

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने व्रत कथा आज माघ शुक्ल पूर्णिमाका दिन विधिवत् रूपमा समापन हुँदैछ । आजकै दिन श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई…

    थप पढ्नुहोस्

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।