
तुलसीपुर १४ फागुन ।
दाङको तुलसीपुरका बसन्त कुमार खड्का सम्मानित भएका छन्। खड्काले तुलसीपुर ४ मा रहेको समाजसेवी आमा समूहलाई पन्चेबाजा सामग्री सहयोगमा पुर्याएको योगदानलाई उच्च कदर गर्दै समूहले आज शिवरात्रीको अवसर पारी तुलसीपुर ४ ठूला खालीमा सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको हो।
खड्काले आज समाजसेवी आमा समूहलाई रु १५००० बराबरको नरसिंह सहयोग गरेका हुन्।
समूहमा नौमती बाजाको आवश्यकता परेको बेला सोही आवश्यकतालाई मध्यनजर गर्दै उहाँले बाजा सहयोग गरेकोमा समूहले खड्कालाई आभार व्यक्त गरेको थियो।

कार्यक्रममा समाजमा रहेका सामाजिक व्यक्तिहरूको सहयोगले गर्दा नै समाजसेवी आमा समूह आज यो स्थानमा आइपुगेको र अझै साथ सहयोगको पाए अझ प्रगति गर्ने समाजसेवी आमा समूहका महिलाहरूले बताएका छन्।
