तुलसीपुर महोत्सवमा आज थामिनस्कनु भिड : ज्योति र टंकको प्रस्तुतिमा झुमे दर्शक

तुलसीपुर, १४ फागुन ।
तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवको १४ औं दिन आज बुधबार दर्शकहरूको अभूतपूर्व भीड देखिएको छ । चर्चित लोकदोहोरी गायिका ज्योति मगर र गायक टंक तिमिल्सिनाको दमदार प्रस्तुतीले माहोल झन् उत्साहपूर्ण बनायो ।

महोत्सव मूल आयोजक समितिका अनुसार बुधबार करिब ३५ हजार दर्शक सहभागी भएका थिए । महोत्सवमा आज हालसम्मकै सबैभन्दा ठूलो उपस्थिति रहेको सांस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो ।

दर्शकहरूको अत्यधिक चापका कारण महोत्सव स्थलमा टेक्ने ठाउँसमेत बाँकी थिएन । ज्योति मगरले ‘उहि मुलाको सिन्की’ ‘मादलु घुम्न’ जस्ता लोकप्रिय गीत प्रस्तुत गर्दै माहोल तताउनुभयो भने टंक तिमिल्सिनाले ‘मन माया’लगायतका गीत गाएर दर्शकलाई झुमाउनुभयो ।

कलाकारको प्रस्तुति अवलोकन गर्न हजारौं दर्शक उत्साहित देखिए । अत्यधिक भीडका कारण कतिपयलाई सुरक्षित स्थान खोज्न हम्मेहम्मे पर्‍यो, जसलाई व्यवस्थापन गर्न सुरक्षाकर्मीहरूलाई निकै मेहनत गर्नुपर्यो ।

तुलसीपुर चेम्बर अफ कमर्सको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा सञ्चालन भइरहेको महोत्सवमा व्यापारिक स्टल, कृषि प्रदर्शनी, बालउद्यान, सांस्कृतिक कार्यक्रम लगायत विविध आकर्षण समेटिएका छन् ।

आयोजकका अनुसार, भोलि पनि चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ । भोलि चर्चित गायिका अनु चौधरी, गायक गोपाल नेपाल जि.एम., गायिका सुनिता परियारको प्रस्तुति रहने छ । महोत्सव फागुन १६ गतेसम्म सञ्चालन हुनेछ ।

  • सम्बन्धित पोस्टहरू

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    दाङ १०, बैशाख । दाङ जिल्लाको शान्तिनगर गाउँपालिका–५, कासीपुरमा एक दर्दनाक घटना सार्वजनिक भएको छ। नवजात छोरीको हत्या गरेको आरोपमा प्रहरीले सरिता बिक नामक २७ वर्षीया महिलालाई पक्राउ गरेको छ।…

    थप पढ्नुहोस्

    आजकाे राशिफल ।।

    मेष -आजको दिन तपाईंको आत्मबलमा वृद्धि हुनेछ। हरेक कार्यमा उत्साह र आत्मविश्वासले तपाईंलाई अघि बढाउनेछ। जित्ने जोश बढ्नेछ। वृष -आज तपाईंको मनमा शान्ति रहनेछ। काम गर्दा ध्यान र समर्पणले काम…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ०७:४४
    • 116 views
    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    आजकाे राशिफल ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ००:२७
    • 64 views
    आजकाे राशिफल ।।

    रेडमी a5 तुलसीपुरमा लन्च

    • By rita kc
    • १० बैशाख २०८२, बुधबार ०२:४३
    • 97 views
    रेडमी a5 तुलसीपुरमा लन्च

    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    • By rita kc
    • ९ बैशाख २०८२, मंगलवार ०३:३४
    • 59 views
    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०५:१२
    • 55 views
    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०१:५९
    • 64 views
    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।