तुलसीपुर महोत्सवमा आज चर्चित कलाकार अणु र गोपाल आउँदै

तुलसीपुर, १५ फागुन ।
तुलसीपुर महोत्सवमा आज १५ औँ दिन चर्चित गायिका अणु चौधरी र गायक गोपाल नेपाल जिएम लगायतका कलाकारको प्रस्तुति रहने भएको छ । अणु आधुनिक गितसंगितको ‘क्वीन’ मानिनुहुन्छ । उहाँका ‘सैया’, ‘लजालु’, ‘पाउ के पावल’ लगायतका गित निकै चर्चित छन् ।

यस्तै चर्चित गायक गोपाल नेपाल जि.एमका ‘आइएममी गर २/४ हजार’, ‘मेरो माया उल्का भो’, ‘मेरो माया लयो आफन्तैले’ लगायतका गितहरु निकै चर्चित छन् । महोत्सवमा आज पनि दर्शकको उत्साहजनक सहभागीता हुने अपेक्षा गरिएको छ ।

महोत्सवको १४ औं दिन बुधबार दर्शकहरूको अभूतपूर्व भीड देखिएको थियो । महोत्सव सकिने अन्तिमतिर आउँदा दर्शकको उपस्थिति झनै बढ्दै गएको सांस्कृतिक संयोजक सन्तोष खड्काले बताउनुभयो । उहाँले आज पनि चर्चित कलाकारको दमदार प्रस्तुति रहने भएकाले हजारौँ दर्शकको सहभागीता हुने बताउनुभयो । उहाँका अनुसार आज चर्चित गायिका अणु चौधरी, गायक गोपाल नेपाल जिएमसंगै गायिका सुनिता परियार र स्थानीय कलाकारको पनि प्रस्तुति रहनेछ ।

तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा भइरहेको महोत्सवमा व्यापारिक स्टल, कृषि प्रदर्शनी, बालउद्यान, सांस्कृतिक कार्यक्रम लगायत विविध आकर्षण समेटिएका छन् । महोत्सव मूल आयोजक समितिका अध्यक्ष ऋषिराज भण्डारीले दर्शकको उपस्थितिले उत्साह थपेको बताउनुभयो । उहाँले स्थानीय वस्तुको बजारीकरण र कला संस्कृतिको संरक्षणमा महोत्सवले ठुलो भूमिका खेलिरहेको बताउनुभयो । महोत्सव फागुन १६ गतेसम्म सञ्चालन हुनेछ ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत