सकियो तुलसीपुर महोत्सव

दाङ, १८ फागुन
तुलसीपुरमा संचालित दोस्रो तुलसीपुर महोत्सवको आइतबार समापन गरिएको छ । फागुन १ गतेदेखि संचालन भएको महोत्सवको आइतबारको समापन गरिएको हो ।

महोत्सवको समापन अवसरमा सरोकारवालाले मेला महोत्सवले स्थानीय उत्पादको बजारीकरण र कला संस्कृतिको संरक्षण गर्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले तुलसीपुर महोत्सवले स्थानीय उत्पादनको बजारीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उहाँले आगामी मेला महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिन सुझाव समेत दिनुभएको छ । यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारी ‘वर्षात’ले स्थानीय उत्पादनका स्टल ५० प्रतिशतभन्दा बढी भएमा महोत्सवको महत्व अझ बढ्ने बताउनुभयो । उहाँले आगामी दिनमा आयातित वस्तुभन्दा स्थानीय कृषिजन्यवस्तुले स्थान पाउनुपर्ने बताउनुभयो ।

तुलसीपुर चेम्बर अफ कमर्शको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षकत्वमा महोत्सव संचालन गरिएको हो । ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ सुरु भएको महोत्सव फागुन १६ गतेसम्म संचालन हुने भनिएपनि दुई थप संचालन भएको हो ।

महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीले महोत्सव अवधिभर दर्शकले दिएको साथको प्रशंसा गर्नुभयो । उहाँले महोत्सव सौभार्दपूर्ण वातावरणमा समापन गर्न पाउन निकै हर्षित भएको बताउनुभयो । उहाँले महोत्सव संचालनका आयव्यय छिटै सार्वजनिक गरिने बताउनुभयो ।

महोत्सवमा शनिबारसम्म स्थानीय तथा राष्ट्रियस्तरका विभिन्न कलाकारको प्रस्तुति, विशेष लोकदोहोरी, सामूहिक लोकनृत्य प्रतियोगिता भएका थिए । आइतबार महोत्सव सकिएपनि महोत्सवस्थलमा किनमेल गर्नेको संख्या अत्याधिक देखिएको छ ।

  • सम्बन्धित पोस्टहरू

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर, ११ माघ । दाङको दंगीशरण गाउँपालिकाबाट दर्जन बढि जेनजी युवाहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । शनिबार भएको पार्टीको प्रशिक्षण कार्यक्रमकाबीच उनीहरु नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई…

    थप पढ्नुहोस्

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    दाङ, १३ पुस ।दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सवमा’ दिनप्रतिदिन रौनकता थपिदै गएको छ । महोत्सव अवलोकनका दैनिक हजारौँको संख्यामा सहभागी हुने गरेको छ । ‘स्थानीय वस्तुको प्रवद्र्धन गरौँ, औद्योगिक…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने