सकियो तुलसीपुर महोत्सव

दाङ, १८ फागुन
तुलसीपुरमा संचालित दोस्रो तुलसीपुर महोत्सवको आइतबार समापन गरिएको छ । फागुन १ गतेदेखि संचालन भएको महोत्सवको आइतबारको समापन गरिएको हो ।

महोत्सवको समापन अवसरमा सरोकारवालाले मेला महोत्सवले स्थानीय उत्पादको बजारीकरण र कला संस्कृतिको संरक्षण गर्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले तुलसीपुर महोत्सवले स्थानीय उत्पादनको बजारीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उहाँले आगामी मेला महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिन सुझाव समेत दिनुभएको छ । यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारी ‘वर्षात’ले स्थानीय उत्पादनका स्टल ५० प्रतिशतभन्दा बढी भएमा महोत्सवको महत्व अझ बढ्ने बताउनुभयो । उहाँले आगामी दिनमा आयातित वस्तुभन्दा स्थानीय कृषिजन्यवस्तुले स्थान पाउनुपर्ने बताउनुभयो ।

तुलसीपुर चेम्बर अफ कमर्शको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षकत्वमा महोत्सव संचालन गरिएको हो । ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ सुरु भएको महोत्सव फागुन १६ गतेसम्म संचालन हुने भनिएपनि दुई थप संचालन भएको हो ।

महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीले महोत्सव अवधिभर दर्शकले दिएको साथको प्रशंसा गर्नुभयो । उहाँले महोत्सव सौभार्दपूर्ण वातावरणमा समापन गर्न पाउन निकै हर्षित भएको बताउनुभयो । उहाँले महोत्सव संचालनका आयव्यय छिटै सार्वजनिक गरिने बताउनुभयो ।

महोत्सवमा शनिबारसम्म स्थानीय तथा राष्ट्रियस्तरका विभिन्न कलाकारको प्रस्तुति, विशेष लोकदोहोरी, सामूहिक लोकनृत्य प्रतियोगिता भएका थिए । आइतबार महोत्सव सकिएपनि महोत्सवस्थलमा किनमेल गर्नेको संख्या अत्याधिक देखिएको छ ।

  • सम्बन्धित पोस्टहरू

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    दाङ, ७ जेठ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेकाले देशका धेरै स्थानहरूमा हावाहुरी, मेघगर्जन र चट्याङसहितको वर्षा भइरहेको छ। विशेषगरी…

    थप पढ्नुहोस्

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    तुलसीपुर ५, जेठ । तुल्सिपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा, बेलघारी टोल विकास संस्था तथा स्थानीय जनप्रतिनिधिकाे सक्रिय सहयोगमा, तुल्सिपुर–घोराही सडकखण्डअन्तर्गत पर्ने हिमन्तपुरको सग्राम खोलाको पुलमा रहेको डिभाइडर मर्मत गरिएको छ।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    • By rita kc
    • ८ जेष्ठ २०८२, बुधबार ०४:३३
    • 17 views
    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    • By rita kc
    • ७ जेष्ठ २०८२, मंगलवार १५:२७
    • 60 views
    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    • By rita kc
    • ६ जेष्ठ २०८२, सोमबार १६:२१
    • 118 views
    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम   खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    • By rita kc
    • ५ जेष्ठ २०८२, आईतवार ०४:१९
    • 84 views
    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०५:१९
    • 206 views
    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न  !

    आजकाे राशिफल ।

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०१:५५
    • 124 views
    आजकाे राशिफल ।