श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान

दाङ,२४ फागुन । श्री गणपति ज्वेलर्सले आफ्नो दशौँ वार्षिकोत्सवको अवसरमा खेलकुद सामग्री वितरण गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको ज्ञानज्योति आधारभूत विद्यालयका विद्यार्थीहरूलाई खेलकुद सामग्री वितरण गरेको हो । सञ्चालक मनिष शाहले तुलसीपुर नगर जेसिजको सहकार्यमा आयोजित कार्यक्रममा भलिबल, ब्याडमिन्टन, बल, क्रिकेट लगायतका सामग्री प्रदान गरेका हुन्। बालबालिकाको खेलकुद क्षेत्रको विकासलाई ध्यानमा राख्दै उनीहरूको सर्वाङ्गिण विकासका लागि विद्यालयमा खेलकुद सामग्री प्रदान गरिएको उनको भनाइ थियो।

तुलसीपुर नगर जेसिजका अध्यक्ष सन्दीप भुसालको अध्यक्षता तथा पूर्व अध्यक्ष दिपेश भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी उक्त सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि दिपेश भण्डारीले शिक्षा मात्र नभई स्वास्थ्य पनि महत्वपूर्ण भएकाले नगर जेसिजले आवश्यकतालाई ध्यानमा राखी आफ्ना कार्यक्रम अगाडि बढाउनुपर्ने बताएका छन्।

विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले यस्तो सहयोग विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा मद्दत पुग्ने भन्दै धन्यवाद व्यक्त गरे।

संयोजक सन्तोष खड्काले १० औं वर्ष प्रवेशको अवसरमा आयोजना गरिएको यो कार्यक्रम समाजसेवाको उत्कृष्ट उदाहरण भएको उल्लेख गरे। विद्यालय व्यवस्थापन समिति अध्यक्ष अध्यक्ष लक्ष्मी परियारले जेसिजले गरेको सामाजिक कार्य उदाहरणीय र प्रशंसायोग्य रहँदै आएको बताइन्

नगर जेसिज अध्यक्ष सन्दीप भुसालले खेलकुद अनुशासनमा बाध्ने तथा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने माध्यम भएकाले प्रदान गरिएको खेल सामग्री महत्वपूर्ण हुने बताए। कार्यक्रमको सहजीकरण महासचिव बुद्धि प्रकाश सापकोटाले गरेका थिए।

  • सम्बन्धित पोस्टहरू

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    दाङ, ७ जेठ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेकाले देशका धेरै स्थानहरूमा हावाहुरी, मेघगर्जन र चट्याङसहितको वर्षा भइरहेको छ। विशेषगरी…

    थप पढ्नुहोस्

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुर ६, जेठ । मङ्गलवार भएकाे हावाहुरी र वर्षाले दाङको तुलसीपुर, देउखुरीको राजपुर लगायतका स्थानहरूमा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार हावाहुरीले विद्युतका पोल ढालेको, तार चुँडिएको…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    • By rita kc
    • ८ जेष्ठ २०८२, बुधबार ०४:३३
    • 22 views
    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    • By rita kc
    • ७ जेष्ठ २०८२, मंगलवार १५:२७
    • 60 views
    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    • By rita kc
    • ६ जेष्ठ २०८२, सोमबार १६:२१
    • 118 views
    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम   खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    • By rita kc
    • ५ जेष्ठ २०८२, आईतवार ०४:१९
    • 84 views
    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०५:१९
    • 208 views
    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न  !

    आजकाे राशिफल ।

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०१:५५
    • 126 views
    आजकाे राशिफल ।