श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान

दाङ,२४ फागुन । श्री गणपति ज्वेलर्सले आफ्नो दशौँ वार्षिकोत्सवको अवसरमा खेलकुद सामग्री वितरण गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको ज्ञानज्योति आधारभूत विद्यालयका विद्यार्थीहरूलाई खेलकुद सामग्री वितरण गरेको हो । सञ्चालक मनिष शाहले तुलसीपुर नगर जेसिजको सहकार्यमा आयोजित कार्यक्रममा भलिबल, ब्याडमिन्टन, बल, क्रिकेट लगायतका सामग्री प्रदान गरेका हुन्। बालबालिकाको खेलकुद क्षेत्रको विकासलाई ध्यानमा राख्दै उनीहरूको सर्वाङ्गिण विकासका लागि विद्यालयमा खेलकुद सामग्री प्रदान गरिएको उनको भनाइ थियो।

तुलसीपुर नगर जेसिजका अध्यक्ष सन्दीप भुसालको अध्यक्षता तथा पूर्व अध्यक्ष दिपेश भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी उक्त सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि दिपेश भण्डारीले शिक्षा मात्र नभई स्वास्थ्य पनि महत्वपूर्ण भएकाले नगर जेसिजले आवश्यकतालाई ध्यानमा राखी आफ्ना कार्यक्रम अगाडि बढाउनुपर्ने बताएका छन्।

विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले यस्तो सहयोग विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा मद्दत पुग्ने भन्दै धन्यवाद व्यक्त गरे।

संयोजक सन्तोष खड्काले १० औं वर्ष प्रवेशको अवसरमा आयोजना गरिएको यो कार्यक्रम समाजसेवाको उत्कृष्ट उदाहरण भएको उल्लेख गरे। विद्यालय व्यवस्थापन समिति अध्यक्ष अध्यक्ष लक्ष्मी परियारले जेसिजले गरेको सामाजिक कार्य उदाहरणीय र प्रशंसायोग्य रहँदै आएको बताइन्

नगर जेसिज अध्यक्ष सन्दीप भुसालले खेलकुद अनुशासनमा बाध्ने तथा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने माध्यम भएकाले प्रदान गरिएको खेल सामग्री महत्वपूर्ण हुने बताए। कार्यक्रमको सहजीकरण महासचिव बुद्धि प्रकाश सापकोटाले गरेका थिए।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…