गायक दिपक वलि : चौथो अवार्डसहित संगीत, सञ्चार र समाज सेवामा चम्कँदै

फागुन २६, २०८१ ।

लोक तथा दोहोरी संगीतको क्षेत्रमा निरन्तर सफलता हासिल गर्दै आएका गायक दिपक वलि फेरि एक पटक चर्चामा छन् । लुम्बिनी नेशनल अवार्ड २०२५ मा “काचो केरा” गीतबाट उनले चौथो अवार्ड जित्दै आफ्नो प्रतिभालाई नयाँ उचाइमा पुर्याएका छन् ।

सल्यानको बागचौर-४, लौराबाङमा जन्मिएका वलि २०६५ सालमा आफ्नो परिवार सहित दाङ झरेका थिए । उनका बुवा धन बहादुर वलि र आमा कलि वलिको कोखबाट जन्मेका उनी सानै देखि संगीत प्रति विशेष आकर्षित थिए । तर, संगीतको यात्रामा आउन सजिलो थिएन । संघर्ष, मेहनत र लगनशीलताले मात्र उनलाई आजको स्थानमा पुर्याएको हो ।

दिपक वलि भने केवल कलाकार मात्र होइनन, समाज सेवामा पनि सक्रिय छन् । उनले आफूलाई लोक संगीतको दुनियाँमा स्थापित गरेपछि समाज सेवामा पनि अग्रसर भएर आफूलाई परिचित गराए ।

उनले आफ्नो पहलमा असहाय परिवारलाई घर बनाइ दिने उद्देश्यले जग्गा उपलब्ध गराए, जसका कारण सडक छाप जीवन बिताइ रहेका थुप्रै परिवार आज सुरक्षित र व्यवस्थित जीवन यापन गर्न सक्षम भएका छन् ।

२०८० सालमा जाजरकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पमा पनि उनले राष्ट्रिय संगीतकर्मी संघ दाङको तर्फबाट नेतृत्व गर्दै पाँच लाख रुपैयाँ बराबरको राहत सामाग्री (चामल, दाल, लत्ताकपडा, भाँडाकुडा) पीडितहरूलाई वितरण गरेका थिए । यसका साथै, उनले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको पढाइमा सहयोगका लागि विभिन्न अभियानहरू चलाएका छन् ।

संगीत र समाजसेवामा सक्रिय दिपक वलि, लोक तथा दोहोरी क्षेत्रमा संघर्ष गरिरहेका कलाकारहरूलाई पनि व्यक्तिगत र संस्थागत सहयोग गर्दै आएका छन् ।

वलि संगीत क्षेत्रमा मात्र होइन, सञ्चार क्षेत्रमा पनि सकृय छन् । उनले “दियालो अनलाइन” नामक एक डिजिटल मिडिया च्यानलको संचालन गर्दै समाजका ताजा घटनाक्रम, लोक संस्कृतिको प्रवर्द्धन र नयाँ कलाकारहरूको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निभाइ रहेका छन् । साथै, उनी राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष पनि हुन् । यस भूमिकामा उनले लोक संगीतलाई व्यवस्थित र व्यावसायिक बनाउन योगदान पुर्याइरहेका छन् । साथै, उनी सयपत्री लोक दोहोरीका सञ्चालक पनि हुन्, जसले सांगीतिक कार्यक्रमहरूको आयोजनामा महत्वपूर्ण भूमिका खेलेको छ ।

हालै सम्पन्न लुम्बिनी नेशनल अवार्ड २०२५ मा दिपक वलिले “काचो केरा” तीज गीतबाट अवार्ड जित्न सफल भए । यस अवार्ड समारोहको आयोजना उपमा संचार प्रा.लि. र तेज नेपाल मल्टिमिडिया प्रा.लि. द्वारा गरिएको थियो ।

समारोहमा प्रमुख अतिथिको रूपमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती उपस्थित थिए भने, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, उपाध्यक्ष कमला पति चौधरी, विशिष्ट पत्रकार र कलाकारहरूको पनि उपस्थिति थियो । समारोहको सञ्चालन अनिल सुनामले गरेका थिए ।

दिपक वलि संगीत र समाज सेवामा जति निपुण छन्, प्रेम र रोमान्सका क्षेत्र पनि उत्तिकै माहिर छन् । उनी गीतमा मात्रै होइन, वास्तविक जीवनमा पनि प्रेमभाव व्यक्त गर्न सिपालु छन् । उनका साथीहरूले उनलाई मायालु र रोमान्टिक व्यक्तित्वको रूपमा सम्बोधन गर्छन्, र उनलाई ‘गोलु’ भनेर बोलाउँछन् । सधैं रमाइलो गर्ने, मेला महोत्सवमा दर्शकसँग खुलेर नाच्ने र गीतमा अभिनय गर्दा प्रेमभाव पोख्ने उनको शैलीले सबैलाई आकर्षित गर्दछ ।

उनले गाएका लोकदोहोरी गीतहरूमा प्रेमका विभिन्न रसहरू झल्किन्छन् । कहिले मायालुलाई जिस्क्याउँछन् भने कहिले गहिरो भावनात्मक प्रेम पोख्छन्, अनि कहिले रोमान्टिक र प्रेमिल भावनाहरू व्यक्त गर्छन् ।

दिपक वलि यस अघि राष्ट्रिय संगीत अवार्ड (पोखरा), धौलागिरी अवार्ड (काठमाडौं), र गण्डकी अवार्ड (पोखरा) जितिसकेका थिए । अब लुम्बिनी नेशनल अवार्ड २०२५ पनि उनले आफ्नो नाममा लेखाइ सकेका छन् ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान