तुलसीपुर २७ फागुन ।
नेकपा एमाले शान्तिनगर गाउँपालिकाका सहसचिव खुमबहादुर ओली सहसचिव पद परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। माओवादीको विचार नीतिबाट प्रभावित भई माओवादीमा प्रवेश गरेको उनको भनाइ छ। शान्तिनगर गाउँपालिका २ नम्बर वडा कार्यालय नजिक हिजो बेलुका लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री धनबहादुर मास्कीले उनलाई स्वागत गरेका हुन्।










