
रिता केसी
तुलसीपुर २८ फागुन ।
श्री माध्यमिक विद्यालय प्रतावकाेटले ५३ औ वार्षिक उत्सव मनायकाे छ । विद्यालय स्थापना भएकाे ५३ वर्ष पूरा भएकाे अवसरमा तुलसीपुर ३ अम्बासमा रहेकाे मावि प्रताब काेटले एक भव्य समाराेहका विच अभिभावक भेला तथा वार्षिक उत्सव मनाएकाे हाे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिला मणि बाठाकाे अध्यक्षतामा तथा लुम्विनि प्रदेस सभा सदस्य धन बहादुर मास्किकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।
कार्यक्रममा प्रमुख अतिथि मास्किले विद्यालयमा पर्खालकाे आवश्यक्ता परेपछि प्रदेस सभामा यसका लागि पहल गर्ने प्रतीबद्वता जनाउनुभयाे । उक्त विद्यालयले विद्यालयकाे पर्खाल निर्माणमा २५ लाख बजेट अावश्यक्ता रहेकाेले ज्ञापन पत्र बुझाएकाे थियाे ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिला मणि बाठाले विद्यालयकाे विकास र शैक्षिक स्तर अब्बल बनाउनका लागि सकृय रूपमा लागेकाे बताउनुभयाे ।
कार्यक्रममा जन प्रेमी युवा क्लब टुना पानिका अध्यक्ष सुरज पुन , विद्यालयका पुर्व शिक्षक मेघराज पाेख्रेल , ग्रेट अरनिकाे स्कुलका भाइस प्रिन्सिपल कमल प्रकास , राप्ती पहिचानका सन्चालक यज्ञ बुढा , प्रेस सेन्टर दाङका सचिव दिपक बाेहरा , विज्ञान समाज तुलसीपुरका अध्यक्ष नेत्र भट्राइ , अाधारभुत स्वास्थ्य केन्द्र प्रताब काेटका वसन्त भण्डारि , लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

त्यस्तै विद्यालयका सहायक प्रअले विद्यालयकाे समग्र प्रतिबेदन प्रस्तुत गर्नुभएकाे थियाे भने विद्यालयमा खेलकुदमा स्थान हासिल गर्ने विद्यार्थिहरूलाइ पुरस्कार वितरण तथा विद्यार्थिहरू द्वारा नृत्य प्रस्तुत गरिएकाे थियाे । कार्यक्रममा पुर्व विद्यालयका प्रअ खगेन्द्र खरेलले ५० हजार , राप्ती पहिचानका सन्चालक यग्य पुढाले २५ हजार अक्षयकाेष स्थापना गर्नुभयकाे हाे ।
विद्यालयका शिक्षक सुरेन्द्र बुढाकाे स्वागत मन्तव्य बाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण विद्यालयकि शिक्षिका अनिमा वैद्धेले गर्नुभएकाे थियाे। ।

