तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित

तुलसीपुर, ४ चैत ।  दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा पुनः यमकान्त भण्डारी निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका भण्डारीले २ हजार ९ सय ६९ मत ल्याएर निर्वाचित हुदा उहाँका निकटतम प्रतिष्पर्धि नेकपा माओवादी केन्द्रका सीताराम शर्माले २ हजार ३ सय ८१ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका मनोज लामिछानेले १ हजार २१३ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा नेपाली कांग्रेसकै नारायणप्रसाद शर्मा २ हजार ७ सय ६ मतका साथ निर्वाचित हुदा उहाका निकटतम प्रतिष्पर्धि राष्ट्रिय प्रजातन्त्र पाटीका लक्ष्मण केसीले १ हजार ९ सय ३ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्ष पदका उमेदवार राष्ट्रिय जनमोर्चाका दुर्गाप्रसाद भण्डारीले १ हजार ४२० मत प्राप्त गर्नुभएको छ । खानेपानीको सचिवमा भने नेकपा एमालेका भुवन भुषाल २ हजार ४५१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिष्पर्धि नेपाली कांग्रेसका रञ्जन कुमार गौतमलाई ३८ मतले पछि पार्नुभएको हो । गौतमले २ हजार ४१३ मत प्राप्त गर्नुभएको छ । सचिव पदका अर्का उम्मेदवार नेकपा विप्लवका रुद्र बहादुर वलीले १ हजार ९७ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी कोषाध्यक्षमा नेपाली कांग्रेसका भोलाप्रसाद थापा ३ हजार २६८ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धि नेकपा एमालेका सुशीला न्यौपानेले १ हजार ४२३ मत ल्याउनुभएको छ । नेकपा माओवादी केन्द्रका कर्ण बहादुर वलीले १ हजार २०६ मत प्राप्त गर्नुभएको छ । निर्वाचनमा सचिवबाहेक सबै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । यस्तै खुला सदस्यमा नेपाली कांग्रेसका प्रमोद कुमार योगि (शरद) ले २ हजार ५०७ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

यस्तै कांग्रेसकै बुद्धिराम चौधरीले २ हजार १२० मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । यस्तै महिला सदस्यमा नेपाली कांग्रेसका लुमा बुढामगर २ हजार ३ सय ८५ मत ल्याएर निर्वाचित हुनुभएको छ । यसैगरी नेपाली कांग्रेसकै शुष्मा अधिकारी र शारदा सार्की पनि महिला सदस्यमा निर्वाचित हुनुभएको छ । अधिकारीले २ हजार ४५९ मत ल्याउनुभएको छ भने शारदाले २ हजार १४८ मत ल्याउनुभएको छ । तुलसीपुर खानेपानीको आगामी तीन वर्षे कार्यकालको नयाँ नेतृत्वका लागी यही चैत २ गते निर्वाचन भएको थियो । निर्वाचनमा १० हजार ९१९ मतदातामध्ये ७ हजार १७५ मत खसेको थियो । शनिबार रातीबाट शुरु भएको मतगणना सोमबार बिहान सकिएको निर्वाचन समितिले जनाएको छ ।।

  • सम्बन्धित पोस्टहरू

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    दाङ १०, बैशाख । दाङ जिल्लाको शान्तिनगर गाउँपालिका–५, कासीपुरमा एक दर्दनाक घटना सार्वजनिक भएको छ। नवजात छोरीको हत्या गरेको आरोपमा प्रहरीले सरिता बिक नामक २७ वर्षीया महिलालाई पक्राउ गरेको छ।…

    थप पढ्नुहोस्

    आजकाे राशिफल ।।

    मेष -आजको दिन तपाईंको आत्मबलमा वृद्धि हुनेछ। हरेक कार्यमा उत्साह र आत्मविश्वासले तपाईंलाई अघि बढाउनेछ। जित्ने जोश बढ्नेछ। वृष -आज तपाईंको मनमा शान्ति रहनेछ। काम गर्दा ध्यान र समर्पणले काम…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ०७:४४
    • 116 views
    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    आजकाे राशिफल ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ००:२७
    • 64 views
    आजकाे राशिफल ।।

    रेडमी a5 तुलसीपुरमा लन्च

    • By rita kc
    • १० बैशाख २०८२, बुधबार ०२:४३
    • 97 views
    रेडमी a5 तुलसीपुरमा लन्च

    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    • By rita kc
    • ९ बैशाख २०८२, मंगलवार ०३:३४
    • 59 views
    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०५:१२
    • 55 views
    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०१:५९
    • 64 views
    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।