तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित

तुलसीपुर, ४ चैत ।  दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा पुनः यमकान्त भण्डारी निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका भण्डारीले २ हजार ९ सय ६९ मत ल्याएर निर्वाचित हुदा उहाँका निकटतम प्रतिष्पर्धि नेकपा माओवादी केन्द्रका सीताराम शर्माले २ हजार ३ सय ८१ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका मनोज लामिछानेले १ हजार २१३ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा नेपाली कांग्रेसकै नारायणप्रसाद शर्मा २ हजार ७ सय ६ मतका साथ निर्वाचित हुदा उहाका निकटतम प्रतिष्पर्धि राष्ट्रिय प्रजातन्त्र पाटीका लक्ष्मण केसीले १ हजार ९ सय ३ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्ष पदका उमेदवार राष्ट्रिय जनमोर्चाका दुर्गाप्रसाद भण्डारीले १ हजार ४२० मत प्राप्त गर्नुभएको छ । खानेपानीको सचिवमा भने नेकपा एमालेका भुवन भुषाल २ हजार ४५१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिष्पर्धि नेपाली कांग्रेसका रञ्जन कुमार गौतमलाई ३८ मतले पछि पार्नुभएको हो । गौतमले २ हजार ४१३ मत प्राप्त गर्नुभएको छ । सचिव पदका अर्का उम्मेदवार नेकपा विप्लवका रुद्र बहादुर वलीले १ हजार ९७ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी कोषाध्यक्षमा नेपाली कांग्रेसका भोलाप्रसाद थापा ३ हजार २६८ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धि नेकपा एमालेका सुशीला न्यौपानेले १ हजार ४२३ मत ल्याउनुभएको छ । नेकपा माओवादी केन्द्रका कर्ण बहादुर वलीले १ हजार २०६ मत प्राप्त गर्नुभएको छ । निर्वाचनमा सचिवबाहेक सबै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । यस्तै खुला सदस्यमा नेपाली कांग्रेसका प्रमोद कुमार योगि (शरद) ले २ हजार ५०७ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

यस्तै कांग्रेसकै बुद्धिराम चौधरीले २ हजार १२० मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । यस्तै महिला सदस्यमा नेपाली कांग्रेसका लुमा बुढामगर २ हजार ३ सय ८५ मत ल्याएर निर्वाचित हुनुभएको छ । यसैगरी नेपाली कांग्रेसकै शुष्मा अधिकारी र शारदा सार्की पनि महिला सदस्यमा निर्वाचित हुनुभएको छ । अधिकारीले २ हजार ४५९ मत ल्याउनुभएको छ भने शारदाले २ हजार १४८ मत ल्याउनुभएको छ । तुलसीपुर खानेपानीको आगामी तीन वर्षे कार्यकालको नयाँ नेतृत्वका लागी यही चैत २ गते निर्वाचन भएको थियो । निर्वाचनमा १० हजार ९१९ मतदातामध्ये ७ हजार १७५ मत खसेको थियो । शनिबार रातीबाट शुरु भएको मतगणना सोमबार बिहान सकिएको निर्वाचन समितिले जनाएको छ ।।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान