दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

तुलसीपुर, ४ पुस ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश शाहीका अनुसार नियम विपरीत चलाएका सवारी साधनहरु धमाधम नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ ।

शुक्रबार दाङ जिल्लाका विभिन्न स्थानमा दिनभर गरिएको सवारी चेकजाँचका क्रममा
ती सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको दाङ ट्राफिक प्रमुख शाहीले बताउनुभयो । उहाँका अनुसार हेलमेट नलगाएर मोटरसाइकल चलाउने ३ जना राखेर मोटरसाइकल चलाउने मादक पदार्थ सेवन गरी सवारी चलाउने काजगपत्र साथमा नबोकी सवारी चलाउने कारबाहीमा परेका छन् ।

कारबाही पर्नेमा मोटरसाइकल कार अटो रहेको उहाँले बताउनुभयो । होलीको समयमा शुक्रबार जिल्लामा हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको थियो ।

होली पर्वलाई सुरक्षित तथा मर्यादित बनाउन गरिएको चेकिङका क्रममा ट्राफिक नियमको उलङ्घन गरी सवारी साधन चलाउने १२२ वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिइएको छ । यसैगरी मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा उच्छृङ्खल गतिविधि गर्ने १९ जनालाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनु
भएको छ ।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान