बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

तुलसीपुर ४ चैत । शान्तिनगर गाउँपालिका वडा नं २ र ४ को सीमामा निर्माण भइरहेको बहुला खोलाको पुलको अवलोकन कार्यक्रम सम्पन्न भएको छ। लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री माननीय धनबहादुर ‘राजेश’को नेतृत्वमा सम्पन्न कार्यक्रममा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, वडा नं २ का अध्यक्ष सुनिल वली, वडा नं १ र ४ का वडा अध्यक्षहरू, साथै स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अवलोकनका क्रममा पुल निर्माणको प्रगतिबारे जानकारी लिइँदै, निर्माण कार्यलाई समयमै सम्पन्न गर्न आवश्यक उपायहरूबारे छलफल गरिएको छ। स्थानीयहरूले पुल निर्माणपछि गाउँपालिकाको विभिन्न क्षेत्रहरू जोडिने र यातायातमा सहजता आउने विश्वास व्यक्त गरेका छन्।

पूर्व अर्थमन्त्री राजेशले पुल निर्माण कार्यलाई तीव्र गति दिन आवश्यक समन्वय र सहयोग गर्न प्रतिबद्धता जनाउँदै, स्थानीय तहदेखि प्रदेश सरकारसम्मको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

स्थानीय नेतृत्वले पनि पुल निर्माण पूरा भएपछि दैनिक जीवनमा सकारात्मक परिवर्तन आउनेमा विश्वास व्यक्त गरेका छन्।

  • सम्बन्धित पोस्टहरू

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    दाङ १०, बैशाख । दाङ जिल्लाको शान्तिनगर गाउँपालिका–५, कासीपुरमा एक दर्दनाक घटना सार्वजनिक भएको छ। नवजात छोरीको हत्या गरेको आरोपमा प्रहरीले सरिता बिक नामक २७ वर्षीया महिलालाई पक्राउ गरेको छ।…

    थप पढ्नुहोस्

    प्रेस सेन्टर नेपाल तुलसीपुरको आयोजनामा आधारभूत पत्रकारिता तालिम सम्पन्न ।।

    तुलसीपुर ३०, चैत । पत्रकारिता क्षेत्रमा आबद्ध हुन चाहने युवाहरूलाई अवसर प्रदान गर्नका लागि २१ जनालाई तालिम प्रदान गरिएको हो। प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा तथा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ०७:४४
    • 116 views
    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    आजकाे राशिफल ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ००:२७
    • 64 views
    आजकाे राशिफल ।।

    रेडमी a5 तुलसीपुरमा लन्च

    • By rita kc
    • १० बैशाख २०८२, बुधबार ०२:४३
    • 97 views
    रेडमी a5 तुलसीपुरमा लन्च

    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    • By rita kc
    • ९ बैशाख २०८२, मंगलवार ०३:३४
    • 59 views
    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०५:१२
    • 55 views
    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०१:५९
    • 64 views
    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।