बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

तुलसीपुर ४ चैत । शान्तिनगर गाउँपालिका वडा नं २ र ४ को सीमामा निर्माण भइरहेको बहुला खोलाको पुलको अवलोकन कार्यक्रम सम्पन्न भएको छ। लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री माननीय धनबहादुर ‘राजेश’को नेतृत्वमा सम्पन्न कार्यक्रममा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, वडा नं २ का अध्यक्ष सुनिल वली, वडा नं १ र ४ का वडा अध्यक्षहरू, साथै स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अवलोकनका क्रममा पुल निर्माणको प्रगतिबारे जानकारी लिइँदै, निर्माण कार्यलाई समयमै सम्पन्न गर्न आवश्यक उपायहरूबारे छलफल गरिएको छ। स्थानीयहरूले पुल निर्माणपछि गाउँपालिकाको विभिन्न क्षेत्रहरू जोडिने र यातायातमा सहजता आउने विश्वास व्यक्त गरेका छन्।

पूर्व अर्थमन्त्री राजेशले पुल निर्माण कार्यलाई तीव्र गति दिन आवश्यक समन्वय र सहयोग गर्न प्रतिबद्धता जनाउँदै, स्थानीय तहदेखि प्रदेश सरकारसम्मको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

स्थानीय नेतृत्वले पनि पुल निर्माण पूरा भएपछि दैनिक जीवनमा सकारात्मक परिवर्तन आउनेमा विश्वास व्यक्त गरेका छन्।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत