तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

तुलसीपुर, ४ चैत ।

दाङको तुलसीपुरमा बस दुर्घटना १४ जना घाइते भएका छन् । घाइते हुनेमा गाडी धनि तुलसीपुर–१० निवासी ६२ बर्षीय झक बहादुर बस्नेत, गाडीमा सवार तुलसीपुर–१८ निवासी २९ बर्षीया सुष्मा नेपाली, तुलसीपुर–६ निवासी ३६ बर्षीया लक्ष्मी गौतम, सोही ठाउँ निवासी ६१ बर्षीया धनी केसी, तुलसीपुर–१२ निवासी ४० बर्षीया बुद्धि खत्री, सोही ठाउँकी ३३ बर्षीया रिता नाथ, तुलसीपुर–७ निवासी ४० बर्षीय भुप बहादुर बस्नेत, तुलसीपुर–५ निवासी १९ बर्षीय प्रतिक बुढाथोकी, सोही ठाउँ निवासी १७ बर्षीय डम्बर बुढाथोकी, शान्तिनगर गाउँपालिका–४ की ३५ बर्षीया कल्पना पौडेल, दंगीशरण–४ निवासी २१ बर्षीया लक्ष्मी चौधरी, सल्यानको दार्मा गाउँपालिका–१ का १८ बर्षीया यसोदा वली र मोटरसाइकल चालक तुलसीपुर–१८ का ३६ बर्षीय निम बहादुर बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको अम्बिकेश्वरी यातायात प्रालिको रा १ ख ३१२६ नम्बरको बस तुलसीपुर–१७ र १८ नम्बरको सिमानामा पर्ने मनिकापुर-बेल्झुण्डी नजिकै आज दिउँसो २ बजेको समयमा मोटरसाइकलसँग ठोक्किदा दुर्घटना भएको हो । सोही दिशातर्फ आउदै गरेको रा ६ प २६२९ नम्बरको मोटरसाइकलले बसलाई ओभरटेक गरी एक्कासी मोड्ने क्रममा बस अनियन्त्रित भएर सडक किनारमा पल्टिएर दुर्घटना भएको हो ।

एक्कासी बसले ब्रेक लगाएपनी मोटरसाइललाई सामान्य ठक्कर दिदा मोटरसाइकल चालक पनी घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्य ६१ बर्षीया धनी केसीको अवस्था गम्भिर रहेको र अन्य सबैको अवस्था सामान्य रहेकाले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस चालक तुलसीपुर–१८ बिजौरी निवासी १८ बर्षीय बाबुराम नेपाली सामान्य घाइते भएको र उनी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।।

  • सम्बन्धित पोस्टहरू

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    दाङ १०, बैशाख । दाङ जिल्लाको शान्तिनगर गाउँपालिका–५, कासीपुरमा एक दर्दनाक घटना सार्वजनिक भएको छ। नवजात छोरीको हत्या गरेको आरोपमा प्रहरीले सरिता बिक नामक २७ वर्षीया महिलालाई पक्राउ गरेको छ।…

    थप पढ्नुहोस्

    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    कालिकोट, ८ वैशाख।कालिकोट जिल्लाको पलाँता गाउँपालिकामा गएराति एक ट्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। थिर्पुबाट खिनतर्फ गइरहेको खाद्यान्न तथा खुद्रा सामान बोकेको ट्याक्टर पलाँता–२, लार्फा ठाँटीडाँडाको भीत्रि सडकखण्डमा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ०७:४४
    • 116 views
    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    आजकाे राशिफल ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ००:२७
    • 64 views
    आजकाे राशिफल ।।

    रेडमी a5 तुलसीपुरमा लन्च

    • By rita kc
    • १० बैशाख २०८२, बुधबार ०२:४३
    • 97 views
    रेडमी a5 तुलसीपुरमा लन्च

    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    • By rita kc
    • ९ बैशाख २०८२, मंगलवार ०३:३४
    • 59 views
    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०५:१२
    • 55 views
    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०१:५९
    • 64 views
    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।