तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

तुलसीपुर, ४ चैत ।

दाङको तुलसीपुरमा बस दुर्घटना १४ जना घाइते भएका छन् । घाइते हुनेमा गाडी धनि तुलसीपुर–१० निवासी ६२ बर्षीय झक बहादुर बस्नेत, गाडीमा सवार तुलसीपुर–१८ निवासी २९ बर्षीया सुष्मा नेपाली, तुलसीपुर–६ निवासी ३६ बर्षीया लक्ष्मी गौतम, सोही ठाउँ निवासी ६१ बर्षीया धनी केसी, तुलसीपुर–१२ निवासी ४० बर्षीया बुद्धि खत्री, सोही ठाउँकी ३३ बर्षीया रिता नाथ, तुलसीपुर–७ निवासी ४० बर्षीय भुप बहादुर बस्नेत, तुलसीपुर–५ निवासी १९ बर्षीय प्रतिक बुढाथोकी, सोही ठाउँ निवासी १७ बर्षीय डम्बर बुढाथोकी, शान्तिनगर गाउँपालिका–४ की ३५ बर्षीया कल्पना पौडेल, दंगीशरण–४ निवासी २१ बर्षीया लक्ष्मी चौधरी, सल्यानको दार्मा गाउँपालिका–१ का १८ बर्षीया यसोदा वली र मोटरसाइकल चालक तुलसीपुर–१८ का ३६ बर्षीय निम बहादुर बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको अम्बिकेश्वरी यातायात प्रालिको रा १ ख ३१२६ नम्बरको बस तुलसीपुर–१७ र १८ नम्बरको सिमानामा पर्ने मनिकापुर-बेल्झुण्डी नजिकै आज दिउँसो २ बजेको समयमा मोटरसाइकलसँग ठोक्किदा दुर्घटना भएको हो । सोही दिशातर्फ आउदै गरेको रा ६ प २६२९ नम्बरको मोटरसाइकलले बसलाई ओभरटेक गरी एक्कासी मोड्ने क्रममा बस अनियन्त्रित भएर सडक किनारमा पल्टिएर दुर्घटना भएको हो ।

एक्कासी बसले ब्रेक लगाएपनी मोटरसाइललाई सामान्य ठक्कर दिदा मोटरसाइकल चालक पनी घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्य ६१ बर्षीया धनी केसीको अवस्था गम्भिर रहेको र अन्य सबैको अवस्था सामान्य रहेकाले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस चालक तुलसीपुर–१८ बिजौरी निवासी १८ बर्षीय बाबुराम नेपाली सामान्य घाइते भएको र उनी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।।

  • सम्बन्धित पोस्टहरू

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर, ११ माघ । दाङको दंगीशरण गाउँपालिकाबाट दर्जन बढि जेनजी युवाहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । शनिबार भएको पार्टीको प्रशिक्षण कार्यक्रमकाबीच उनीहरु नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने