डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

डीभाइन टेम्पल एकेडेमीमा कक्षा १२ अध्ययनरत बिद्यार्थीहरूले करिव १ महिनाकाे तालिम लिइसकेपछि आज एक समारोहका बिच विभिन्न खानेकुराकाे प्रदर्शनी देखाएका हुन । सैद्धान्तिक पाठ्यक्रम पूरा गरेपछि कुमाख कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्निकल साइन्समा एक महिने प्रयोगात्मक प्रशिक्षण लिएका हुन ।

विभिन्न परिकारहरू प्रदर्शनी तथा सम्पूर्ण बिद्यार्थीहरूलाइ प्रमाण पत्र सहित सम्मान कार्यक्रम गरिएको हाे । प्रशिक्षणमा उनले ३० भन्दा बढी परिकार बनाउन सक्ने सीप सिकिरहेेका छन । प्रशिक्षक शेफ पवन बस्नेतको मार्गदर्शनमा उनले कुकुम्बर स्टफिङ, मशरुम सुप, चिकेन टिक्का मसला, साइड डिस राइस, पुडिङ, पिज्जा, बर्गर, चिकेन सोर्मा, चिकेन कोर्मा, क्रिम टोमाटो सुप, भेज स्टोगेन्फ, रसियन सलाद, भेज मंचुरियन, ग्रिल चिकेन लगायतका स्वदेशी तथा विदेशी परिकार बनाउन सिकेका हुन ।

डीभाइन टेम्पल एकेडेमीका संस्थापक अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा राष्ट्रिय समाचार समिति दाङ प्रमुख नारायणी रजौरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।प्रमुख अतिथि नारायणी रजाैरेले यस्ता ब्यबहारिक शिक्षालाई देशभित्रै नै आफ्नो क्षमता बिकाउने सक्ने वातावरण तय गर्नुपर्ने बताउनुभयाे ।

कार्यक्रममा तुलसीपुर नगर जेसिजका अध्यक्ष सन्दीप भुसाल, रोट्र्याक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष किरण पुन, एएन प्याब्सनका केन्द्रीय सदस्य विमल गौतम लगायतका वक्ताहरूले होटल म्यानेजमेन्ट क्षेत्रले विद्यार्थीहरूलाई पढ्दै कमाउँदै गर्न उपयुक्त अवसर प्रदान गर्ने बताउनुभयो।

त्यस्तै उक्त कार्यक्रमको सहजीकरण एकेडेमिकको कोअर्डिनेटर जीवन लामिछाने र इसिया कोअर्डिनेटर आकाश सिंहले गर्नुभएको हो ।

  • सम्बन्धित पोस्टहरू

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    दाङ १०, बैशाख । दाङ जिल्लाको शान्तिनगर गाउँपालिका–५, कासीपुरमा एक दर्दनाक घटना सार्वजनिक भएको छ। नवजात छोरीको हत्या गरेको आरोपमा प्रहरीले सरिता बिक नामक २७ वर्षीया महिलालाई पक्राउ गरेको छ।…

    थप पढ्नुहोस्

    आजकाे राशिफल ।।

    मेष -आजको दिन तपाईंको आत्मबलमा वृद्धि हुनेछ। हरेक कार्यमा उत्साह र आत्मविश्वासले तपाईंलाई अघि बढाउनेछ। जित्ने जोश बढ्नेछ। वृष -आज तपाईंको मनमा शान्ति रहनेछ। काम गर्दा ध्यान र समर्पणले काम…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ०७:४४
    • 116 views
    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    आजकाे राशिफल ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ००:२७
    • 64 views
    आजकाे राशिफल ।।

    रेडमी a5 तुलसीपुरमा लन्च

    • By rita kc
    • १० बैशाख २०८२, बुधबार ०२:४३
    • 97 views
    रेडमी a5 तुलसीपुरमा लन्च

    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    • By rita kc
    • ९ बैशाख २०८२, मंगलवार ०३:३४
    • 59 views
    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०५:१२
    • 55 views
    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०१:५९
    • 64 views
    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।