डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

डीभाइन टेम्पल एकेडेमीमा कक्षा १२ अध्ययनरत बिद्यार्थीहरूले करिव १ महिनाकाे तालिम लिइसकेपछि आज एक समारोहका बिच विभिन्न खानेकुराकाे प्रदर्शनी देखाएका हुन । सैद्धान्तिक पाठ्यक्रम पूरा गरेपछि कुमाख कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्निकल साइन्समा एक महिने प्रयोगात्मक प्रशिक्षण लिएका हुन ।

विभिन्न परिकारहरू प्रदर्शनी तथा सम्पूर्ण बिद्यार्थीहरूलाइ प्रमाण पत्र सहित सम्मान कार्यक्रम गरिएको हाे । प्रशिक्षणमा उनले ३० भन्दा बढी परिकार बनाउन सक्ने सीप सिकिरहेेका छन । प्रशिक्षक शेफ पवन बस्नेतको मार्गदर्शनमा उनले कुकुम्बर स्टफिङ, मशरुम सुप, चिकेन टिक्का मसला, साइड डिस राइस, पुडिङ, पिज्जा, बर्गर, चिकेन सोर्मा, चिकेन कोर्मा, क्रिम टोमाटो सुप, भेज स्टोगेन्फ, रसियन सलाद, भेज मंचुरियन, ग्रिल चिकेन लगायतका स्वदेशी तथा विदेशी परिकार बनाउन सिकेका हुन ।

डीभाइन टेम्पल एकेडेमीका संस्थापक अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा राष्ट्रिय समाचार समिति दाङ प्रमुख नारायणी रजौरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।प्रमुख अतिथि नारायणी रजाैरेले यस्ता ब्यबहारिक शिक्षालाई देशभित्रै नै आफ्नो क्षमता बिकाउने सक्ने वातावरण तय गर्नुपर्ने बताउनुभयाे ।

कार्यक्रममा तुलसीपुर नगर जेसिजका अध्यक्ष सन्दीप भुसाल, रोट्र्याक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष किरण पुन, एएन प्याब्सनका केन्द्रीय सदस्य विमल गौतम लगायतका वक्ताहरूले होटल म्यानेजमेन्ट क्षेत्रले विद्यार्थीहरूलाई पढ्दै कमाउँदै गर्न उपयुक्त अवसर प्रदान गर्ने बताउनुभयो।

त्यस्तै उक्त कार्यक्रमको सहजीकरण एकेडेमिकको कोअर्डिनेटर जीवन लामिछाने र इसिया कोअर्डिनेटर आकाश सिंहले गर्नुभएको हो ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान