तुलसीपुरको मदनआश्रित चोकमा उभिरहेका १९ वर्षिय युवकमाथि रड प्रहार ।।

तुलसीपुर, ६ चैत ।

दाङको तुलसीपुरमा फेरि एक युवकमाथी रड प्रहार भएको छ । रड प्रहारबाट पश्चिम दाङको शान्तिनगर गाउँपालिका-४ का १९ वर्षिय बिप्लब योगि घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिनुभयो । प्रहरीका अनुसार तुलसीपुर-६ मदन आश्रीत चोकमा उभिरहेको अवस्थामा आज दिउँसो २ बजेको समयमा योगिमाथी एक्कासि फलामको रड प्रहार भएको हो ।

रड प्रहारबाट घाइते भएका योगिलाइ आवश्यक उपचार पश्चात डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।रड प्रहार घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको परिचय भने प्रहरीले खुलाएको छैन । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । हिजो मात्रै तुलसीपुरको सल्यान रोडमा पनि तुलसीपुर-१८ का १८ वर्षिय बिनोद नेपालीमाथी धारिलो हतियार खुकुरी प्रहार भएको थियो । उक्त घटनामा संलग्न व्यक्तिहरु अझै पक्राउ पर्न सकेका छैनन् ।।

  • सम्बन्धित पोस्टहरू

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…