
तुलसीपुर, ६ चैत ।
दाङको तुलसीपुरमा फेरि एक युवकमाथी रड प्रहार भएको छ । रड प्रहारबाट पश्चिम दाङको शान्तिनगर गाउँपालिका-४ का १९ वर्षिय बिप्लब योगि घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिनुभयो । प्रहरीका अनुसार तुलसीपुर-६ मदन आश्रीत चोकमा उभिरहेको अवस्थामा आज दिउँसो २ बजेको समयमा योगिमाथी एक्कासि फलामको रड प्रहार भएको हो ।
रड प्रहारबाट घाइते भएका योगिलाइ आवश्यक उपचार पश्चात डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।रड प्रहार घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको परिचय भने प्रहरीले खुलाएको छैन । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । हिजो मात्रै तुलसीपुरको सल्यान रोडमा पनि तुलसीपुर-१८ का १८ वर्षिय बिनोद नेपालीमाथी धारिलो हतियार खुकुरी प्रहार भएको थियो । उक्त घटनामा संलग्न व्यक्तिहरु अझै पक्राउ पर्न सकेका छैनन् ।।