आज देखि सुरु भएको एसइई परीक्षामा दाङबाट ४७ वटा परीक्षा केन्द्रबाट १४ हजार दुई सय ५४ जना विद्यार्थीको सहभागी ।।

दाङ, ७ चैत ।
आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) शुरु भएको छ । दाङमा यो वर्ष ४७ वटा परीक्षा केन्द्रबाट १४ हजार दुई सय ५४ जना विद्यार्थीले एसइईमा सहभागी भएका छन् ।

एसइईका लागि घोराही र तुलसीपुर उपमहानगरपालिकामा १४/१४ वटा, लमही नगरपालिकामा पाँच वटा, राप्ती गाउँपालिकामा तीन वटा, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा २/२ र बंगलाचुली गाउँपालिका र राजपुर गाउँपालिकामा १/१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

जिल्लामा एक सय १२ सामुदायिक र एक सय ४१ संस्थागत विद्यालय गरी दुई सय ५३ वटा विद्यालयबाट १४ हजार दुई सय ५४ जना विद्यार्थीले एसइई दिन लागेका छन् । जसमा प्राविधिक धारतर्फ ११ र एउटा खुल्ला विद्यालय रहेको कार्यालयले जनाएको छ ।

जिल्लामा यो वर्ष एसइई दिनेमा छात्रभन्दा सात सय २२ जना बढी छात्रा छन् । शिक्षा विकास तथा समन्वय इकाइ दाङका अनुसार छ हजार सात सय ६६ छात्र र सात हजार चार सय ८८ जना छात्राले एसइइ दिन थालेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत तिलकराम बञ्जाडेका अनुसार गत वर्ष जिल्लामा १२ हजार आठ सय ९८ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए ।

  • सम्बन्धित पोस्टहरू

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    घाेराही, १५ माघ । राप्ती इञ्जिनियरिङ कलेज घोराहीमा   विशेष कार्यक्रमको आयोजना गरी कलेजका संस्थापक अध्यक्ष, पूर्व प्रिन्सिपल तथा हाल संचालक समिति अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीलाई सम्मान…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने