आफ्नै गाउँ आफै बनाउँ’ अभियान अन्तर्गत जेब्राक्रसिङ अभियान सुरु

रिता केसी

तुलसीपुर १३ दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ बम्नैमा ‘आफ्नै गाउँ आफै बनाउँ’ अभियानलाई आत्मसाथ गर्दै समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा जेब्राक्रसिङ अभियान सुरु गरिएको छ। आजदेखि सुरु भएको अभियान अन्तर्गत बम्नैबाट सुरु भएर प्रसेनिसम्म पुगेर विसर्जन गरिने छ।
उक्त कार्य समाजसेवि उपेन्द्र पाैडेलकाे नेतृत्वमा र उहाकै व्यक्तिगत लगानिमा थालिएकाे हाे।

अभियान अन्तर्गत प्रसेनिमा दुई स्थान र प्रसेनिबाट उत्तर बम्नैसम्म तीन स्थान अन्य पर्सेनि आस पासका क्षेत्र गरि जम्मा १० ठाउँमा जेब्राक्रसिङ निर्माण गरिने समाजसेवी पौडेलले जानकारी दिनुभयो।

उक्त अभियानमा विभिन्न स्थानीय समाजसेवी तथा व्यक्तित्वहरूको संलग्नता रहेको छ। अभियानमा प्रेम खनाल, बसन्त पौडेल, मिना चौधरी, सरिता पौडेल, भोलानाथ शर्मा लगायतका समाजसेवीहरूले साथ दिएका छन्। भने थप जोडिएका स्थानिय ब्यक्तित्वहरु
बुद्दिराम भुसाल, युबराज पौडेल , सम्झना खड्का , हरि प्रसाद पोख्रेल , मान प्रसाद भुसाल रहेका छन् ।

हालै दुर्घटनाको दर बढ्दै गएको र त्यहाँ रहेका तीन-चार वटा विद्यालयका विद्यार्थी तथा सर्वसाधारणहरूलाई सुरक्षित रुपमा बाटो काट्न सजिलो होस् भन्ने उद्देश्यले अभियान सुरु गरिएको समाजसेवी पौडेलले बताउनुभयो।

सुरक्षित सडक र समुदायका लागि सहयोगी भूमिका खेल्न सबैलाई अभियानमा जोडिन पौडेलले आग्रह गर्नुभएको छ।

  • सम्बन्धित पोस्टहरू

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    घाेराही, १५ माघ । राप्ती इञ्जिनियरिङ कलेज घोराहीमा   विशेष कार्यक्रमको आयोजना गरी कलेजका संस्थापक अध्यक्ष, पूर्व प्रिन्सिपल तथा हाल संचालक समिति अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीलाई सम्मान…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने