दाङको तुलसीपुरबाट तीर्थ यात्राका लागि भारत गएका स्कार्पियाे दुर्घटनामा परी ४ जनाकाे मृत्यु ५ घाईते ।।

दाङको तुलसीपुरबाट तीर्थ यात्राका लागि भारत गएका चार जनाको स्कार्पियाे दुर्घटनामा परी मृत्यु भएको छ।

दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका–७ श्रीगैंकी ८२ वर्षीया धनमाया वली र उनका श्रीमान ८६ वर्षीय जितबहादुर वली, एसयुभी चालक तुलसीपुर–७ पर्सेनीका ३८ वर्षीय युवराज चापागाईं र तुलसीपुर–४ गोठीखोलाका ७१ वर्षीय परवीर खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले बताए।

त्यस्तै तुलसीपुर–७ की ३५ वर्षीया कैलासी वली, ५२ वर्षीया नौमती खड्का, तुलसीपुर–३ दमारगाउँकी ५० वर्षीया कृकुली खड्का, तुलसीपुर–४ का ५० वर्षीय मनबहादुर खड्का र तुलसीपुर–४ का ६९ वर्षीय लालमणि खत्री गरी ७ जना घाइते छन्। घाइते सबैको भारतमै उपचार जारी रहेको प्रहरीले बताएको छ।

उनीहरू सबै भारतको तीर्थ यात्राका लागि बिहीबार बिहान तुलसीपुरबाट एसयुभी बुक गरी गएका थिए। भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको गाडी नेपाल दाङको कोइलाबास नाका–भारत सीमा क्षेत्रभन्दा झन्डै १२ किलोमिटर पर दुर्घटनामा परेको थियो।

दुर्घटना बिहीबार दिउँसो ४ बजेतिर बाईक यात्रुलाई जोगाउन खोज्दा गाडी रुखमा ठोक्किएर दुर्घटना भएकाे हाे ।

  • सम्बन्धित पोस्टहरू

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत