दाङको तुलसीपुरबाट तीर्थ यात्राका लागि भारत गएका स्कार्पियाे दुर्घटनामा परी ४ जनाकाे मृत्यु ५ घाईते ।।

दाङको तुलसीपुरबाट तीर्थ यात्राका लागि भारत गएका चार जनाको स्कार्पियाे दुर्घटनामा परी मृत्यु भएको छ।

दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका–७ श्रीगैंकी ८२ वर्षीया धनमाया वली र उनका श्रीमान ८६ वर्षीय जितबहादुर वली, एसयुभी चालक तुलसीपुर–७ पर्सेनीका ३८ वर्षीय युवराज चापागाईं र तुलसीपुर–४ गोठीखोलाका ७१ वर्षीय परवीर खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले बताए।

त्यस्तै तुलसीपुर–७ की ३५ वर्षीया कैलासी वली, ५२ वर्षीया नौमती खड्का, तुलसीपुर–३ दमारगाउँकी ५० वर्षीया कृकुली खड्का, तुलसीपुर–४ का ५० वर्षीय मनबहादुर खड्का र तुलसीपुर–४ का ६९ वर्षीय लालमणि खत्री गरी ७ जना घाइते छन्। घाइते सबैको भारतमै उपचार जारी रहेको प्रहरीले बताएको छ।

उनीहरू सबै भारतको तीर्थ यात्राका लागि बिहीबार बिहान तुलसीपुरबाट एसयुभी बुक गरी गएका थिए। भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको गाडी नेपाल दाङको कोइलाबास नाका–भारत सीमा क्षेत्रभन्दा झन्डै १२ किलोमिटर पर दुर्घटनामा परेको थियो।

दुर्घटना बिहीबार दिउँसो ४ बजेतिर बाईक यात्रुलाई जोगाउन खोज्दा गाडी रुखमा ठोक्किएर दुर्घटना भएकाे हाे ।

  • सम्बन्धित पोस्टहरू

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    दाङ १०, बैशाख । दाङ जिल्लाको शान्तिनगर गाउँपालिका–५, कासीपुरमा एक दर्दनाक घटना सार्वजनिक भएको छ। नवजात छोरीको हत्या गरेको आरोपमा प्रहरीले सरिता बिक नामक २७ वर्षीया महिलालाई पक्राउ गरेको छ।…

    थप पढ्नुहोस्

    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    कालिकोट, ८ वैशाख।कालिकोट जिल्लाको पलाँता गाउँपालिकामा गएराति एक ट्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। थिर्पुबाट खिनतर्फ गइरहेको खाद्यान्न तथा खुद्रा सामान बोकेको ट्याक्टर पलाँता–२, लार्फा ठाँटीडाँडाको भीत्रि सडकखण्डमा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ०७:४४
    • 116 views
    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    आजकाे राशिफल ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ००:२७
    • 64 views
    आजकाे राशिफल ।।

    रेडमी a5 तुलसीपुरमा लन्च

    • By rita kc
    • १० बैशाख २०८२, बुधबार ०२:४३
    • 97 views
    रेडमी a5 तुलसीपुरमा लन्च

    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    • By rita kc
    • ९ बैशाख २०८२, मंगलवार ०३:३४
    • 59 views
    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०५:१२
    • 55 views
    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०१:५९
    • 64 views
    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।