
तुलसीपुर, चैत १९
दाङको तुलसीपुर उप-महानगरपालिका–३ बल्लेमा मंगलबार साँझ भीषण आगलागी हुँदा ठूलो जनधनको क्षति भएको छ। भुवन थापाको खरले छाएको कच्ची घरगोठमा एक्कासी लागेको आगोले एउटा गोरुको जलेर मृत्यु भएको छ भने दुई गोरु र चार गाई गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सुर्य रानाका अनुसार आगलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडा लगायतका सम्पूर्ण सामान नष्ट भएका छन्।
प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब २ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ। भाग्यवश, कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।