
दाङ २६ , असार
नवलपरासिकाे सुनवल नगरपालिकाका समीर परियार राष्ट्रिय युवा प्रतिभा २०८१ बाट सम्मानित भएका छन ।सामाजिक विकास तथा समाज सुधारको क्षेत्रमा अनुकरणीय कार्य गरी नेपाली युवामा सिर्जनशिलता, र सकारात्मक सोच प्रवाह गर्नका लागि उल्लेखनिय योगदान पुर्याएकोमा उनलाई सम्मान गरिएकाे हाे ।
परियारलाई नगद १ लाख रुपैयाँसहित सम्मानपत्रद्धारा सम्मान गरिएको हो ।युवा तथा खेलकुद मन्त्रालयकाे सभाहलमा एक कार्यक्रमकाे अबसर पारि उनलाइ नगद सहित सम्मानपत्रद्धारा उनलाई सम्मान गरिएकाे हो ।
आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र मन्त्रालयका सचिव सुमनराज अर्यालले नगद सहित सम्मानपत्र प्रदान गरेका हुन्। खेलकुद मन्त्री श्रेष्ठले सामाजिक कार्यमा विशेष याेगदान पुर्याउने युवालाइ पुरस्कृत गर्ने बताउनुभयाे ।
समीर परियार विगत देखिनै निरन्तर रूपमा मर्यादित महिनावारी अभियान, बालअधिकार एवं युवाको क्षेत्रमा काम गर्दै आउनुभएकाे छ ।