पिस पायोनियर स्कुलको दीक्षान्त समारोह सम्पन्न

तुलसीपुर , २६ चैत । पिस पाइनर इङ्लिस माेडेल स्कुलले एक भव्य कार्यक्रमका बीच दीक्षान्त समारोह सम्पन्न गरेको छ। साना बालबालिका हरूलाइ सम्मान तथा उत्प्रेरणा बढाउनका लागि १७ जना बालबालिका हरुलाइ दिक्षीत गरिएकाे हाे ।

डिभाइन टेम्पल एकेडेमीका प्रिन्सिपल भोजराज न्यौपानेको अध्यक्षतामा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष विजय बिकको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
कार्यक्रममा प्रमुख अतिथि विकले चल र अचल सम्पत्तिभन्दा पनि बालबालिका नै अभिभावकका महत्वपूर्ण सम्पत्ति भएकाले उनीहरूलाई नै असल संस्कार सिकाउनुपर्नेमा जोड दिनुभयो । उहाँले दीक्षान्त कार्यक्रमलाई सम्बोधन गर्दै बालबालिकाहरूको आत्मबल बढाउने जस्ता क्रियाकलापहरू डिभाइनले गर्दै आएको बताउनुभयो।

त्यस्तै प्रिन्सिपल भोजराज न्यौपानेले दीक्षान्त प्राप्त गर्ने बालबालिका हरूलाई शुभकामना तथा उनीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गर्दै
विगतको शिक्षा जस्तोसुकै भएपनि अब आउने नयाँ पुस्तालाई फरक तरिकाले शिक्षा प्रदान गर्ने अभ्यासमा लागेको उहाँले बताउनुभयो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि हिमाल डाँगीले शैक्षिक गतिविधि अन्तर्गत जुनसुकै क्रियाकलापमा विद्यालय सक्रिय रूपमा अगाडि बढिरहेको बताउनुभयो ।

कार्यक्रम ड्रिम ब्याङ्क्विटमा आयोजना गरिएको थियो, जहाँ अभिभावक, शिक्षक, बिद्यार्थी तथा विशेष अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

साना बालबालिकाहरूले विभिन्न नृत्यहरू प्रस्तुत गरेका थिए। भने प्रत्येक बालबालिकाहरूले स्टेजमा आफ्ना भावना तथा कुरा प्रस्तुत गरेका थिए।

डिभाइन पाठशालाका शिक्षक सुषमा लामिछानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक माधवा शर्मा पोखरेलले गर्नुभएको थियो।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान