एसईई दिएर बसेका विद्यार्थीहरुको लागि कम्प्युटर तालिमको उद्घाटन कार्यक्रम सम्पन्न ।।

घाेराही , ५ बैशाख ।


मिति २०८२ साल बैशाख ४ गतेका दिन राप्ती इन्जिनियरीङ कलेज घोराही दाङमा घोराही उप—महानगरपालिका १६ नं. वडा कार्यालयको सहयोग तथा राप्ती इञ्जिनियरिङ कलेज दाङको आयोजनामा एसईई दिएर बसेका विद्यार्थीहरुको लागि कम्प्युटर तालिमको उद्घाटन सम्पन्न भएको छ ।


राप्ती इञ्जिनियरीङ कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गिरीले स्थानीय १६ नं. वडाका विद्यार्थीहरुको लागि खाली समयलाई सदुपयोग गर्नको लागि सबै जनाले फाइदा लिनुपर्ने बताउनुभएको थियो । कम्प्युटर एक प्राविधिक शिक्षा भएकोले यो शिक्षा जुन सुकै क्षेत्रको कार्य गर्नका लागि आवश्यक शिक्षा भएकोले सबैको पहुंज पु¥याउनको लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कम्प्युटर तालिमको माध्यमबाट आर्थिक अवस्था, परिवारको जीवनस्तर परिवर्तन गर्नको लागि, नयाँ गन्तव्यको खोजी गर्नमा सहयोग पु¥याउने बताउनु भएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि घोराही उप—महानगरपालिका १६ नं. वडा अध्यक्ष ताराबहादुर डाँगीले वडा बासीहरुको लागि कम्प्युटर तालिमको समय व्यवस्थापन गरिदिएकोमा कलेज परिवारलाई धन्यबाद दिनुभएको थियो । तालिममा सहभगी हुने सम्पूर्ण विद्यार्थीहरुलाई यो अवसरको उच्चतम सदुयोग गर्न सबैलाई आग्रह गर्नुभएको थियो ।


कार्यक्रमका कलेजका प्रिन्सिपल रेशम गिरीले राप्ती इन्जिनियरीङ कलेज घोराही दाङमा घोराही उप—महानगरपालिका १६ नं. वडा कार्यालयको सहकार्यमा निःशुल्क कम्प्युटर तालिम आयोजना गरेर सामाजिक उत्तरदायित्व बहन गर्न लागेको बताउनुभएको थियो । गिरीले कम्प्युटर शिक्षाले विश्वलाई दो¥याउने भएको हुँदा विभिन्न किसिमका कोर्षहरु मध्ये कम्प्युटर बेसिक कोर्ष पनि अति आवश्यक र अनिवार्य रहने भएकोले सुरुवाती अवस्थामा सा—साना कुराहरुको बारेमा जान्न जरुरी हुने भएकोले यस तालिमबाट प्रदान गरिने शिक्षालाई आत्मसाथ गरी सबैले सहि सदुपयोग गनुपर्ने बताउनुुभएको थियो ।


उक्त कार्यक्रममा विई कम्प्युटरका विभागिय प्रमुख ई. शर्मिला दहित, विविए विभागिय प्रमुख सिर्जना देवकोटा लगायतले बोल्नु भएको थियो । कलेजका निर्देशक मधुसूदन बैद्यको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमकोे सहजीकरण कलेजका प्रशासकिय अधिकृत धनेश्वर चौधरीले गर्नुभएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत