एसईई दिएर बसेका विद्यार्थीहरुको लागि कम्प्युटर तालिमको उद्घाटन कार्यक्रम सम्पन्न ।।

घाेराही , ५ बैशाख ।


मिति २०८२ साल बैशाख ४ गतेका दिन राप्ती इन्जिनियरीङ कलेज घोराही दाङमा घोराही उप—महानगरपालिका १६ नं. वडा कार्यालयको सहयोग तथा राप्ती इञ्जिनियरिङ कलेज दाङको आयोजनामा एसईई दिएर बसेका विद्यार्थीहरुको लागि कम्प्युटर तालिमको उद्घाटन सम्पन्न भएको छ ।


राप्ती इञ्जिनियरीङ कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गिरीले स्थानीय १६ नं. वडाका विद्यार्थीहरुको लागि खाली समयलाई सदुपयोग गर्नको लागि सबै जनाले फाइदा लिनुपर्ने बताउनुभएको थियो । कम्प्युटर एक प्राविधिक शिक्षा भएकोले यो शिक्षा जुन सुकै क्षेत्रको कार्य गर्नका लागि आवश्यक शिक्षा भएकोले सबैको पहुंज पु¥याउनको लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कम्प्युटर तालिमको माध्यमबाट आर्थिक अवस्था, परिवारको जीवनस्तर परिवर्तन गर्नको लागि, नयाँ गन्तव्यको खोजी गर्नमा सहयोग पु¥याउने बताउनु भएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि घोराही उप—महानगरपालिका १६ नं. वडा अध्यक्ष ताराबहादुर डाँगीले वडा बासीहरुको लागि कम्प्युटर तालिमको समय व्यवस्थापन गरिदिएकोमा कलेज परिवारलाई धन्यबाद दिनुभएको थियो । तालिममा सहभगी हुने सम्पूर्ण विद्यार्थीहरुलाई यो अवसरको उच्चतम सदुयोग गर्न सबैलाई आग्रह गर्नुभएको थियो ।


कार्यक्रमका कलेजका प्रिन्सिपल रेशम गिरीले राप्ती इन्जिनियरीङ कलेज घोराही दाङमा घोराही उप—महानगरपालिका १६ नं. वडा कार्यालयको सहकार्यमा निःशुल्क कम्प्युटर तालिम आयोजना गरेर सामाजिक उत्तरदायित्व बहन गर्न लागेको बताउनुभएको थियो । गिरीले कम्प्युटर शिक्षाले विश्वलाई दो¥याउने भएको हुँदा विभिन्न किसिमका कोर्षहरु मध्ये कम्प्युटर बेसिक कोर्ष पनि अति आवश्यक र अनिवार्य रहने भएकोले सुरुवाती अवस्थामा सा—साना कुराहरुको बारेमा जान्न जरुरी हुने भएकोले यस तालिमबाट प्रदान गरिने शिक्षालाई आत्मसाथ गरी सबैले सहि सदुपयोग गनुपर्ने बताउनुुभएको थियो ।


उक्त कार्यक्रममा विई कम्प्युटरका विभागिय प्रमुख ई. शर्मिला दहित, विविए विभागिय प्रमुख सिर्जना देवकोटा लगायतले बोल्नु भएको थियो । कलेजका निर्देशक मधुसूदन बैद्यको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमकोे सहजीकरण कलेजका प्रशासकिय अधिकृत धनेश्वर चौधरीले गर्नुभएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    दाङ, ७ जेठ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेकाले देशका धेरै स्थानहरूमा हावाहुरी, मेघगर्जन र चट्याङसहितको वर्षा भइरहेको छ। विशेषगरी…

    थप पढ्नुहोस्

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुर ६, जेठ । मङ्गलवार भएकाे हावाहुरी र वर्षाले दाङको तुलसीपुर, देउखुरीको राजपुर लगायतका स्थानहरूमा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार हावाहुरीले विद्युतका पोल ढालेको, तार चुँडिएको…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    • By rita kc
    • ८ जेष्ठ २०८२, बुधबार ०४:३३
    • 22 views
    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    • By rita kc
    • ७ जेष्ठ २०८२, मंगलवार १५:२७
    • 60 views
    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    • By rita kc
    • ६ जेष्ठ २०८२, सोमबार १६:२१
    • 118 views
    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम   खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    • By rita kc
    • ५ जेष्ठ २०८२, आईतवार ०४:१९
    • 84 views
    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०५:१९
    • 208 views
    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न  !

    आजकाे राशिफल ।

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०१:५५
    • 126 views
    आजकाे राशिफल ।