
दाङ ६ बैशाख ।
देशभरका करिब २२ लाख बालबालिकाले आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि सेवन गर्नेछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गर्दै आएको ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ अन्तर्गत यो अभियान सञ्चालनमा आएको हो।
नेपालमा अझै पनि कुपोषण बालबालिकामा ठूलो चुनौतीको रूपमा रहेको छ। बाल्यकालमा पोषणको कमीले उनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकासमा गम्भीर असर पार्न सक्छ। यस्ता दीर्घकालीन असरहरूबाट बच्न नियमित रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने गरिन्छ।
जुका प्रायः सरसफाइको कमीका कारण लाग्ने गर्दछ। यसले आन्द्रामा असर पु¥याएर शरीरलाई चाहिने पोषक तत्वहरू सोस्न अवरोध पुर्याउँछ। परिणामस्वरूप बालबालिका कुपोषणतर्फ धकेलिन सक्ने जोखिममा हुन्छन्।