दाङको देउखुरीमा बस दुर्घटना हुदाँ दुई जनाको मृत्यु, १५ जना घाइते ।।

दाङ ६ बैशाख ।

दाङको देउखुरीमा हिजाे साँझ एक यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी यात्रु घाइते भएका छन्। कृष्णनगरबाट तुलसीपुरतर्फ गइरहेको बा ३ ख ७९९६ नम्बरको बस राप्ती गाउँपालिका–५ लठह्वामा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा परी राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादवको घटनास्थलमै मृत्यु भएको हो। अर्की मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–३ झिङनी निवासी करिब ३०/३५ वर्षकी पुष्पा नेपाली रहेकी छिन्। उनको उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन्। उनीहरूलाई सिसहनियाँ र लमहीका अस्पतालहरूमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूमा लमही नगरपालिका–५ की २५ वर्षीया संगिता जिसी, घोराही उपमहानगरपालिका–५ की ५० वर्षीया चोपिकला खत्री र बलबहादुर खत्री, प्यूठान नगरपालिका–६ की २७ वर्षीया अनिशा गुरुङ, सुमित्रा गुरुङ र भावना गुरुङ, लमही नगरपालिका–४ की २४ वर्षीया रासु थापा, घोराही उपमहानगरपालिका–१० का ४२ वर्षीय ललित वली, कपिलवस्तु शिवराज नगरपालिका–२ की २८ वर्षीया सरस्वती घर्तीमगर र उनकी ४ महिनाकी छोरी रिया, शिवराजकै ४१ वर्षीया मनकुमारी घर्ती, प्यूठान नगरपालिका–३ का शिव बहादुर गुरुङका ५ वर्षीय छोरा प्रभास गुरुङ, लमही नगरपालिका–५ का २५ वर्षीय सहिद हुसेन र कपिलवस्तु नगरपालिका–४ की २३ वर्षीया शवनम नाउ रहेका छन्।

प्रत्यक्षदर्शीका अनुसार बस तीव्र गतिमा रहेको र अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

  • सम्बन्धित पोस्टहरू

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुर ६, जेठ । मङ्गलवार भएकाे हावाहुरी र वर्षाले दाङको तुलसीपुर, देउखुरीको राजपुर लगायतका स्थानहरूमा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार हावाहुरीले विद्युतका पोल ढालेको, तार चुँडिएको…

    थप पढ्नुहोस्

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    तुलसीपुर ५, जेठ । तुल्सिपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा, बेलघारी टोल विकास संस्था तथा स्थानीय जनप्रतिनिधिकाे सक्रिय सहयोगमा, तुल्सिपुर–घोराही सडकखण्डअन्तर्गत पर्ने हिमन्तपुरको सग्राम खोलाको पुलमा रहेको डिभाइडर मर्मत गरिएको छ।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    • By rita kc
    • ७ जेष्ठ २०८२, मंगलवार १५:२७
    • 60 views
    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    • By rita kc
    • ६ जेष्ठ २०८२, सोमबार १६:२१
    • 118 views
    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम   खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    • By rita kc
    • ५ जेष्ठ २०८२, आईतवार ०४:१९
    • 84 views
    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०५:१९
    • 206 views
    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न  !

    आजकाे राशिफल ।

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०१:५५
    • 124 views
    आजकाे राशिफल ।

    नेपाल आयल निगमले मूल्य घटायो, तर पेट्रोल खोज्दै सर्वसाधारण लाइनमा”

    • By rita kc
    • ३ जेष्ठ २०८२, शुक्रबार ०६:२८
    • 100 views
    नेपाल आयल निगमले मूल्य घटायो, तर पेट्रोल खोज्दै सर्वसाधारण लाइनमा”