
टेकराज भण्डारी
रेडमी a5 दाङ, तुलसीपुरमा लन्च भएको छ। Xiaomi Nepal ले लन्च गरेको रेडमीको a5 तुलसीपुरमा मा कालीका मोबाइल प्रा.लीले एक कार्यक्रमको आयोजना गरी लन्च गरेको हो ।
तुलसीपुर, सल्यान ,रुकुमका आधिकारिक विक्रेता तथा मा कालीका मोबाइल प्रा.लीका सञ्चालक शैलेन्द्र कुमार ओलीको अध्यक्षता एवं तुलसीपुर मोबाइल व्यवसायी संघका अध्यक्ष थुमन विश्वकर्माको प्रमुख आतिथ्यतामा लन्च भएको हो ।
निवर्तमान अध्यक्ष सुरज भण्डारी, मोबाइल व्यवसायी समितिका सल्लाहकार मोहन सुनारले शुभकामना व्यक्त गर्नुभएको थियो।
मा कालीका मोबाइल प्रा.लीका सञ्चालक शैलेन्द्र ओलीले रेडमी a5 आकर्षक र अद्वितीय विशेषता रहेको बताउनुभयो । स्पष्ट तस्बिरहरू उपलब्ध गराउने क्षमता, लामो ब्याट्री जीवन, सहज सञ्चालन, आकर्षक डिजाइन रहेको ओलीले बताउनुभयो ।
जसमा नयाँ लन्च भएको A5 मोबाइलको ३/६४ १०९९ ९ र४/१२८ ११९९९ आकर्षक मूल्य रहेको जानकारी गराउनुभयो । तुलसीपुर, रुकुम, सल्यानका सम्पूर्ण मोबाइल पसलहरूमा उपलब्ध भइसकेको मा कालीका मोबाइल प्रा.लीका सञ्चालक शैलेन्द्र कुमार ओली जानकारी दिनुभयो । मोबाइल फिचरको बारेमा कम्पनी प्रतिनिधि विवेक गुप्ता जानकारी दिनुभएको थियो।
मोबाइल व्यवसायी समितिका उपाध्यक्ष पंकज कुमार कसुधनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव नवीनकुमार ओलीले गर्नुभएको हो ।