रेडमी a5 तुलसीपुरमा लन्च

टेकराज भण्डारी
रेडमी a5 दाङ, तुलसीपुरमा लन्च भएको छ। Xiaomi Nepal ले लन्च गरेको रेडमीको a5 तुलसीपुरमा मा कालीका मोबाइल प्रा.लीले एक कार्यक्रमको आयोजना गरी लन्च गरेको हो ।

तुलसीपुर, सल्यान ,रुकुमका आधिकारिक विक्रेता तथा मा कालीका मोबाइल प्रा.लीका सञ्चालक शैलेन्द्र कुमार ओलीको अध्यक्षता एवं तुलसीपुर मोबाइल व्यवसायी संघका अध्यक्ष थुमन विश्वकर्माको प्रमुख आतिथ्यतामा लन्च भएको हो ।

निवर्तमान अध्यक्ष सुरज भण्डारी, मोबाइल व्यवसायी समितिका सल्लाहकार मोहन सुनारले शुभकामना व्यक्त गर्नुभएको थियो। 

मा कालीका मोबाइल प्रा.लीका सञ्चालक शैलेन्द्र ओलीले रेडमी a5 आकर्षक र अद्वितीय विशेषता रहेको बताउनुभयो । स्पष्ट तस्बिरहरू उपलब्ध गराउने क्षमता, लामो ब्याट्री जीवन, सहज सञ्चालन, आकर्षक डिजाइन रहेको ओलीले बताउनुभयो ।
जसमा नयाँ लन्च भएको A5 मोबाइलको ३/६४ १०९९ ९ र४/१२८ ११९९९ आकर्षक मूल्य रहेको जानकारी गराउनुभयो । तुलसीपुर, रुकुम, सल्यानका सम्पूर्ण मोबाइल पसलहरूमा उपलब्ध भइसकेको मा  कालीका मोबाइल प्रा.लीका सञ्चालक शैलेन्द्र कुमार ओली जानकारी दिनुभयो । मोबाइल फिचरको बारेमा कम्पनी प्रतिनिधि विवेक गुप्ता जानकारी दिनुभएको थियो।

मोबाइल व्यवसायी समितिका उपाध्यक्ष पंकज कुमार कसुधनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव नवीनकुमार ओलीले गर्नुभएको हो ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत