
मेष -परिवारप्रति झुकाव बढ्नेछ। घरको काममा समय दिनुपर्ने देखिन्छ। भावनामा बहकिने सम्भावना छ, धैर्य गर्नु राम्रो हुन्छ। नयाँ लगानी नगर्नुहोस्।
वृष-सानोतिनो यात्राको सम्भावना छ। नजिकका आफन्तसँग कुराकानीमा स्पष्टता आवश्यक छ। आर्थिक मामिलामा सजग रहनुहोस्।
मिथुन-आर्थिक पक्षमा सुधार आउनेछ। नयाँ स्रोतबाट आम्दानी हुने सम्भावना छ। तर खर्च पनि बढ्न सक्छ, योजना बनाउनु राम्रो हुन्छ।
कर्कट-आज चन्द्रमा तपाईंको राशिमै भएकाले भावना निकै गहिरो हुनेछ। ठूलो निर्णय सोचविचार गरेर मात्र लिनुहोस्। आत्मविश्वास बढाउने दिन हो।
सिंह-गोप्य शत्रुबाट सावधानी अपनाउनुहोस्। आत्मविश्लेषण र ध्यान गर्न उपयुक्त समय छ। सानो स्वास्थ्य समस्या देखा पर्न सक्छ।
कन्या-मित्रजनसँग भेटघाट र सहयोग प्राप्त हुने दिन हो। सामाजिक सञ्जाल वा समूह कार्यमा सफलता मिल्नेछ। नयाँ अवसर भेटिन सक्छ।
तुला-पेशागत क्षेत्रमा दवाब बढ्न सक्छ। तर धैर्य र इमानदारीले काम गर्दा सम्मान प्राप्त हुनेछ। वरिष्ठहरूसँग सम्बन्ध राम्रो बनाउनुहोस्।
वृश्चिक-भाग्य बलियो रहनेछ। धार्मिक वा अध्ययनसम्बन्धी यात्राको योग देखिन्छ। उच्च शिक्षा वा ज्ञान वृद्धि तर्फ ध्यान जान सक्छ।
3धनु-आर्थिक क्षेत्रमा मापन गरेर निर्णय लिनु राम्रो हुनेछ। साझेदारी वा ऋणसम्बन्धी विषयमा विचार गर्नुपर्ने समय हो। खर्चमा सजग रहनुहोस्।
मकर-साझेदारी र सम्बन्धमा ध्यान दिनु पर्नेछ। पार्टनर वा जीवनसाथीसँग सल्लाह र समझदारीमा काम गर्नु राम्रो हुन्छ। सामूहिक सहयोग लाभदायी रहनेछ।
कुम्भ-स्वास्थ्य र दिनचर्या प्रति सचेत रहनुहोस्। काममा अत्यधिक व्यस्तता हुन सक्छ। पुराना कामहरू थाति लाग्नेछन् ।
मीन-मन रमाइलो बन्नेछ। प्रेम र सृजनशीलतामा उन्नति हुनेछ। सन्तान सम्बन्धी सुखद समाचार पाउन सकिन्छ।
माधवा शर्मा
ज्योतिषाचार्य एवं वास्तु विद्
9848060799