आज देशभरि माता तिर्थ औंसी विशेष श्रद्धाका साथ मनाइँदै ।।

तुलसीपुर,१४ वैशाख ।

आज आमाको सम्मानमा मनाइने “माता तिर्थ औंसी” अथवा आमाको मुख हेर्ने दिन देशभरि श्रद्धा र उत्साहका साथ मनाइँदै।

नेपालमा परम्परागत रूपमा यो दिनलाई आमाप्रति कृतज्ञता व्यक्त गर्ने अवसरका रूपमा लिइन्छ। आमालाई मिठा खानेकुरा, लुगा र दक्षिणा आदानप्रदान गरेर सम्मान गरिन्छ। जसको आमा जीवित छैनन्, उनीहरूले तिर्थस्थलहरूमा गई धर्मकर्म तथा दानपुण्य गरेर आमाको सम्झना गर्ने गर्छन्।

विशेष गरी राजधानी काठमाडौं नजिकै रहेको माता तिर्थ नामक तिर्थस्थलमा श्रद्धालुहरूको भीड लाग्ने गर्छ। त्यहाँ गइ स्नान तथा पिण्डदान गर्ने परम्परा रहिआएको छ।

स्थानियस्तरमा पनि आ–आफ्नो तरिकाले यो पर्व मनाइन्छ भने स्थानिय बासिन्दाले घरमै आमालाई पूजा गर्दै मिठा परिकार खान दिने चलन गर्दैआएकाे बताउछन्न । कतिपयले परिवार र आफन्तसँग भेला भई आमाको सम्मानमा विशेष कार्यक्रम समेत आयोजना गर्छन्।

सामाजिक सञ्जालमा पनि आज आमाप्रति प्रेम र सम्मान प्रकट गर्दै शुभकामना आदानप्रदान गर्ने क्रम बढेको छ।

धार्मिक विश्वास अनुसार माता तिर्थ औंसीका दिन आमाको आशीर्वाद प्राप्त गरेमा आयु, सन्तान र सुख-समृद्धिमा वृद्धि हुने जनविश्वास छ।

  • सम्बन्धित पोस्टहरू

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    घाेराही, १५ माघ । राप्ती इञ्जिनियरिङ कलेज घोराहीमा   विशेष कार्यक्रमको आयोजना गरी कलेजका संस्थापक अध्यक्ष, पूर्व प्रिन्सिपल तथा हाल संचालक समिति अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीलाई सम्मान…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने