
तुलसीपुर,१४ वैशाख ।
आज आमाको सम्मानमा मनाइने “माता तिर्थ औंसी” अथवा आमाको मुख हेर्ने दिन देशभरि श्रद्धा र उत्साहका साथ मनाइँदै।
नेपालमा परम्परागत रूपमा यो दिनलाई आमाप्रति कृतज्ञता व्यक्त गर्ने अवसरका रूपमा लिइन्छ। आमालाई मिठा खानेकुरा, लुगा र दक्षिणा आदानप्रदान गरेर सम्मान गरिन्छ। जसको आमा जीवित छैनन्, उनीहरूले तिर्थस्थलहरूमा गई धर्मकर्म तथा दानपुण्य गरेर आमाको सम्झना गर्ने गर्छन्।
विशेष गरी राजधानी काठमाडौं नजिकै रहेको माता तिर्थ नामक तिर्थस्थलमा श्रद्धालुहरूको भीड लाग्ने गर्छ। त्यहाँ गइ स्नान तथा पिण्डदान गर्ने परम्परा रहिआएको छ।
स्थानियस्तरमा पनि आ–आफ्नो तरिकाले यो पर्व मनाइन्छ भने स्थानिय बासिन्दाले घरमै आमालाई पूजा गर्दै मिठा परिकार खान दिने चलन गर्दैआएकाे बताउछन्न । कतिपयले परिवार र आफन्तसँग भेला भई आमाको सम्मानमा विशेष कार्यक्रम समेत आयोजना गर्छन्।
सामाजिक सञ्जालमा पनि आज आमाप्रति प्रेम र सम्मान प्रकट गर्दै शुभकामना आदानप्रदान गर्ने क्रम बढेको छ।
धार्मिक विश्वास अनुसार माता तिर्थ औंसीका दिन आमाको आशीर्वाद प्राप्त गरेमा आयु, सन्तान र सुख-समृद्धिमा वृद्धि हुने जनविश्वास छ।