तुलसीपुरको नर्सरीमा खाल्डोभित्र गाडिएको शिशुको शव, कुकुरले निकाल्दै गर्दा खुल्यो रहस्य ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१४, भोजपुरस्थित बेलन्या डाँडा नर्सरी नजिक एक नवजात शिशुको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको छ। शनिबार साँझ करिब ५:१५ बजे स्थानीय बासिन्दाले शव देखेपछि इलाका प्रहरी कार्यालयलाई खबर गरेका थिए।

घटनाको जानकारी पाउनासाथ प्रहरी निरीक्षक विनोद राज खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रारम्भिक अनुसन्धानमा शिशुको शव करिब २–३ दिनअघि गाडिएको देखिएको र कुकुर वा अन्य जनावरले खाल्डो खनेर शव बाहिर निकालेको आशंका गरिएको छ। शव फेला पर्दा शिशुको एउटा हात समेत कुकुरले खाइसकेको अवस्थामा रहेको बताइएको छ।

प्रहरीका अनुसार शव करिब ९ महिनाको गर्भावधि पूरा भएपछि जन्मिएको बालिकाको भएको अनुमान गरिएको छ। घटनास्थलमा प्रारम्भिक अनुसन्धानपछि साँझ ७:५० बजे शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पठाइएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाका अनुसार शिशु कसको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको छ। घटनाले स्थानीय बासिन्दामा त्रास र आक्रोश फैलिएको छ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान