तुलसीपुरको नर्सरीमा खाल्डोभित्र गाडिएको शिशुको शव, कुकुरले निकाल्दै गर्दा खुल्यो रहस्य ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१४, भोजपुरस्थित बेलन्या डाँडा नर्सरी नजिक एक नवजात शिशुको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको छ। शनिबार साँझ करिब ५:१५ बजे स्थानीय बासिन्दाले शव देखेपछि इलाका प्रहरी कार्यालयलाई खबर गरेका थिए।

घटनाको जानकारी पाउनासाथ प्रहरी निरीक्षक विनोद राज खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रारम्भिक अनुसन्धानमा शिशुको शव करिब २–३ दिनअघि गाडिएको देखिएको र कुकुर वा अन्य जनावरले खाल्डो खनेर शव बाहिर निकालेको आशंका गरिएको छ। शव फेला पर्दा शिशुको एउटा हात समेत कुकुरले खाइसकेको अवस्थामा रहेको बताइएको छ।

प्रहरीका अनुसार शव करिब ९ महिनाको गर्भावधि पूरा भएपछि जन्मिएको बालिकाको भएको अनुमान गरिएको छ। घटनास्थलमा प्रारम्भिक अनुसन्धानपछि साँझ ७:५० बजे शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पठाइएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाका अनुसार शिशु कसको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको छ। घटनाले स्थानीय बासिन्दामा त्रास र आक्रोश फैलिएको छ।

  • सम्बन्धित पोस्टहरू

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    दाङ, ७ जेठ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेकाले देशका धेरै स्थानहरूमा हावाहुरी, मेघगर्जन र चट्याङसहितको वर्षा भइरहेको छ। विशेषगरी…

    थप पढ्नुहोस्

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुर ६, जेठ । मङ्गलवार भएकाे हावाहुरी र वर्षाले दाङको तुलसीपुर, देउखुरीको राजपुर लगायतका स्थानहरूमा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार हावाहुरीले विद्युतका पोल ढालेको, तार चुँडिएको…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    • By rita kc
    • ८ जेष्ठ २०८२, बुधबार ०४:३३
    • 38 views
    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    • By rita kc
    • ७ जेष्ठ २०८२, मंगलवार १५:२७
    • 61 views
    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    • By rita kc
    • ६ जेष्ठ २०८२, सोमबार १६:२१
    • 118 views
    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम   खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    • By rita kc
    • ५ जेष्ठ २०८२, आईतवार ०४:१९
    • 86 views
    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०५:१९
    • 208 views
    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न  !

    आजकाे राशिफल ।

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०१:५५
    • 126 views
    आजकाे राशिफल ।