
वैशाख, २८ काठमाडौं ।
भारत र पाकिस्तानबीच युद्धविराम लागु भए पनि श्रीनगरमा लगातार विस्फोट भइरहेको भारतले आरोप लगाएको छ। जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले “शान्ति भन्ने कुरा खोक्रो भएको” भन्दै सामाजिक सञ्जालमा विस्फोटको भिडियो समेत पोस्ट गरेका छन्।
अलजजिराका अनुसार, श्रीनगरका बासिन्दाहरूले सहरभरि ठूलो आवाजमा अनेकौं विस्फोटहरू भएको बताएका छन्। सँगै, केही क्षेत्रमा विद्युत् कटौतीसमेत भएको छ।
यसैबीच, पाकिस्तानका परराष्ट्रमन्त्री इशाक डार र चिनियाँ समकक्षी वाङ यीबीच टेलिफोन वार्ता भएको छ। चीनले पाकिस्तानको संयमता र सार्वभौमिकताको समर्थन दोहोर्याएको छ।