आजकाे राशिफलमा तपाईंको भाग्य ।

मेष-धन, प्रतिष्ठा र आत्मबल बढ्नेछ। वैदेशिक यात्रा वा अध्ययनका प्रयासहरूमा गति मिल्नेछ। पारिवारिक पक्षमा आत्मीयता छाउनेछ। लगानी गर्न सोच्दै हुनुहुन्छ भने अनुभवीको सल्लाह लिँदा राम्रो हुनेछ।

वृष-मन दोधारमा पर्न सक्छ। खर्चको दबाब बढ्न सक्छ, तर आध्यात्मिक वा भावनात्मक सन्तुलनमा वृद्धि हुनेछ। घरपरिवार वा नातेदारसँगको सम्बन्धमा सुधार आउन सक्छ। बृहस्पति अस्त भएकाले ठूला निर्णय केही समय पर्खनु उपयुक्त हुनेछ।

मिथुन-लामो समयदेखि अड्किएको काम बन्ने सम्भावना छ। मित्र तथा आफन्तसँग मेलमिलाप बढ्नेछ। सहकार्य वा साझेदारीमा सफलता मिल्नेछ। आत्मविश्वासले काममा गति दिनेछ।

कर्कट-कामको बोझ महसुस होला तर प्रयास अनुसार उपलब्धि पनि मिल्नेछ। जागिरे वर्गका लागि जिम्मेवारी थपिन सक्छ। शत्रु वा प्रतिस्पर्धी कमजोर बन्नेछन्। स्वास्थ्यमा सामान्य ध्यान दिनु उचित हुन्छ।

सिंह-आफ्ना काममा रमाइलो अनुभव हुनेछ। सन्तान र प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। अध्ययन र सिर्जनात्मक काममा उत्साह जाग्नेछ। यात्राको सम्भावना देखिन्छ।

कन्या-घरपरिवारका काममा बढी ध्यान जान सक्छ। सम्पत्ति सम्बन्धी काममा प्रगति हुनेछ। सानो मानसिक चिन्ता भइरहने सम्भावना छ, तर स्थायीत्वतर्फ अघि बढ्न सकिनेछ।

तुला-कागजी काम, संचार वा छोटो यात्रा सम्बन्धी कार्यहरूमा लाभ मिल्नेछ। बोल्दा ध्यान दिनुहोस्, नत्र नजिकका व्यक्तिसँग मतभेद हुने सम्भावना रहन्छ। नयाँ सिकाइ वा लेखनमा चासो बढ्नेछ।

वृश्चिक-धन आर्जनको राम्रो समय हो। कामको प्रशंसा पाइनेछ। पारिवारिक वातावरण सहज रहनेछ। मनमा गहिरा विचारहरू खेल्नेछन् तर त्यसैमा अल्झिनु हुँदैन।

धनु-आफ्नो विचार व्यक्त गर्न सजिलो हुनेछ। आत्मबल बढ्नेछ। पारिवारिक र सामाजिक सहयोग प्राप्त हुनेछ। तर साढेसातीको प्रभाव अझै बाँकी भएकाले व्यर्थको हतार नगर्नुहोस्।

मकर-एकान्त चाहिने अनुभव होला। मानसिक बोझ केही बढ्न सक्छ। नयाँ योजना बनाउन सकिने समय हो तर कार्यान्वयनमा ढिलाइ हुन सक्छ। पुराना अनुभव र आन्तरिक सोच लाभदायक बन्नेछ।

कुम्भ-सहयोगी साथिको समर्थन प्राप्त हुनेछ। सामाजिक वा समूहगत काममा सफलता मिल्नेछ। नयाँ योजना वा सल्लाहमा अरुको विश्वास बढ्नेछ। सन्तुलनमा रहनु उपयुक्त हुनेछ।

मीन-कर्म क्षेत्रमा सुधार आउनेछ। मान्यजनसँगको सहयोगले कार्य सरल हुनेछ। प्रतिष्ठा र सम्मानमा वृद्धिको सम्भावना छ। काममा ध्यान दिनु उपयुक्त हुनेछ, अवसर पर्खेर बसेको छ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान