सामाजिक संजालमा दुर्ववहार गरेको भन्दै शिक्षक माथि साइबर ब्युरोमा उजुरी

सागर रोका
देउखुरी दाङ,४ भदौ l

राजपुर गाउँपालिका देउखुरी दाङमा सामाजिक संजालमा गाली गलौच गरेको भन्दै मावि सिक्टा का शिक्षक बिष्णु खत्रीको नाममा साइबर ब्युरोमा उजुरी परेको छ । राजपुर गाउँपालिका वडा नम्बर-७ सिक्टा मा रहेको माध्यामिक विद्यालयको राहत शिक्षकको रुपमा कार्यरत बिष्णु खत्रीलाई आवश्यक कारवाहीको माग गर्दै राजपुर गाउँपालिकाले साइबर ब्यूरोमा उजुरी गरेको हो ।

राजपुर गाउँपालिका वडा नम्बर-७ मावि सिक्टाका पदच्युत भएका प्रधानाध्यापक विष्णु खत्रीलाई राजपुर गाउँपालिकाले २४ घण्टे स्पष्टीकरण सोधेको थियोे ।
भने पदबाट हटाइएका प्रअ खत्रीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा गाउँपालिका अध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख लगायत कर्मचारीलाई तथा नाम गालीगलौज गर्ने, पदभार गर्दा निमित्त प्रअलाई कुर्सीबाट लतार्ने लगायतका घटनामा संलग्नता देखिएको भन्दै पालिकाले स्पष्टीकरण सोधेको थियोे भने स्पष्टीकरण दिनको लागी आनिकानी गर्ने र स्पष्टीकरण दिनको लागी सहमति नभएको राजपुर गाउँपालिका का वडा नम्बर- ७ का सदस्य प्रमोद बस्नेतले जानकारी दिनु भएको हो ।

शिक्षक बिष्णु खत्रीले सामाजिक संजालमा गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखलाई गाली गलौच तथा तथानाम शब्दहरु प्रयोग गरि मानहानी गरेको भन्दै गाउँपालिकाले प्रहरी समक्ष कारवाहीको लागि अनुरोध गरेको राजपुर पालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिनु भएको छ ।

विद्यालयका शिक्षक जस्तो मर्यादित पदमा रहेका व्यक्तिले यसरी गालि गलौच गर्दै सामाजिक संजालमा विवाद गर्नु सार्वजनिक पदको दुरुपयोग हुने भन्दै खत्रीलाई साइबर ब्यूरो अपराध अन्तर्गतको कारवाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएका छौँ ।

त्यस्तै गरेर शिक्षक बिष्णु खत्रीले बारम्बार सामाजिक संजालमा गाली गलौच तथा नाम शब्दहरु प्रयोग गरिएको शब्द र सामाजिक संजालमा लेखेका सबै प्रमाणहरु पनि प्रहरीलाई पठाएको राजपुर गाउँपालिका अध्यक्ष शरद बुदाथोकीले जानकारी दिनु भएको छ ।

सोही राजपुर गाउँपालिका र शिक्षा शाखा द्वारा राजपुर गाउपालिका वडा नम्बर-७ सिक्टा मा रहेको मावि विद्यालयमा निमित्त प्रधानाध्यापकको रुपमा रहेर काम गर्ने जिम्मेवारी भरत बहादुर बस्नेतलाई नियुक्त गरिएको थियोे ।

मावि विद्यालय सिक्टामा प्रधानाध्यापकको रुपमा कार्यपालिकालाई कुनै पनि जानकारी नदिई राजपुर गाउँपालिका र शिक्षा शाखाको नितृत्वमा छलफल गरि प्रधानाध्यापकको रुपमा भरत बहादुर बस्नेतलाई राखिएको हुँदा यस विषयमा विवाद भएको राजपुर गाउँपालिका वडा नम्बर-७ का अध्यक्ष पुष्कर वलीले जानकारी दिनु भएको हो ।

मावि विद्यालय सिक्टाको प्रधानाध्यापकको रुपमा रहेको हुँदा उहालाई शुभकामना बधाई दिनको लागी राजपुर गाउपालिका वडा नम्बर-७ का अध्यक्ष पुष्कर वली त्यस्तै गरेर वडा सदस्य प्रमोद बस्नेत त्यस्तै गरेर वडा नम्बर-६ का अध्यक्ष श्याम रोका लगाएत त्यहाँका स्थानीयहरु र प्रहरीको टोलि त्यहाँ पुगेको थियोे ।

भरत बहादुर बस्नेत मावि विद्यालयमा नियुक्त भएको हप्ता दिन नहुदै त्यस विद्यालयका पुर्व अध्यक्ष धन बहादुर वलीले शुक्रबार का दिन शुभकामना बधाई दिनुको सातो भरत बहादुर बस्नेत माथी दुव्र्यवहार गर्दै र तथा नाम बोल्दै बस्नेत बसेको कुर्सी बाट जबर्जस्ती बाहिर निकालिएको थियोे।

सोही विवादको विषयमा आज राजपुर गाउँपालिका र शिक्षा शाखा र वडा अध्यक्षहरुको समन्वयमा आज पुर्ण रुपमा छलफल हुने राजपुर गाउँपालिका वडा नम्बर-६ का अध्यक्ष श्याम रोकाले जानकारी दिनु भएको छ ।

त्यस्तै गरेर मावि सिक्टामा रहेको विद्यालयको बारेमा भएको विवाद का कारण त्यहाँको पठनपाठन मा समेत असर पर्दै आएको छ । भने त्यस विद्यालयमा विद्यार्थीलाई शिक्षा दिनुको सातो राजनीतिको जनचेतना दिने गरिएको देखिएको छ ।

त्यस्तै गरेर मावि विद्यालयका प्रधानाध्यापक बिष्णु खत्रीले सुकुम्बासी तथा भुमिहिन हु भन्दै उहाँले आफ्नो मर्यादाको ख्याल नगरी राजपुर गाउँपालिका वडा नम्बर-७ का अध्यक्ष पुष्कर वली संग मिलोमतो गरि भुमिहिन फारम भरिएको आरोप लागेको छ ।

बिष्णु खत्रीले आफ्नो फेस्बुक मार्फत राजपुर गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखलाई लगाएत पत्रकार हरुलाई आफ्नो फेस्बुक मार्फत बाट दुव्र्यवहार गर्दै र तथा नाम बोल्दै आएका छन भने आफ्नो फेस्बुक मार्फत तथा नाम गाली गर्ने र कमेन्ट गर्ने मुर्खता पनि रहेको र शिक्षाको विषयमा भन्दा राजनीतिको विषयमा आफ्नो फेस्बुकमा लेखेर राख्ने गर्दै आएका छन ।

मावि विद्यालयका प्रधानाध्यापक जस्तो ब्याक्तीले विद्यार्थीलाई शिक्षा दिनु भन्दा बदी राजनीतिको विषयमा ध्यान दिनेलाई कसरी प्रधानाध्यापकको रुपमा राख्न सकिन्छ त्यसैले गर्दा उहाँलाई त्यो पद बाट निस्कासन गर्नु पर्ने देखिएकाले मावि विद्यालयको प्रधानाध्यापक बिष्णु खत्री लाई हतार त्यस पदमा भरत बहादुर बस्नेतलाई नियुक्ति गरिएको राजपुर गाउँपालिका वडा नम्बर-७ का वडा सदस्य प्रमोद बस्नेले जानकारी दिनु भएको थियोे ।

  • सम्बन्धित पोस्टहरू

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    नवलपरासीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, दुई गम्भीर घाइते ।

    ६ मंसिर, मध्यविन्दु । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को कावासोती नगरपालिका–१६ डण्डा बजारमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शुक्रबार राति १० बजे…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।