तुलसीपुर, १५ असार ।
दाङ भ्याली माध्यमिक विद्यालय, तुलसीपुरमा विद्यार्थी , शिक्षक र अभिभावकबीचको सहकार्य सुदृढ गर्न अभिभावक अन्तरक्रिया तथा सचेतना कार्यक्रम गत शुक्रबार सम्पन्न भएको हाे।
विद्यालयका संस्थापक अध्यक्ष तिलक शाहुको अध्यक्षतामा आयोजित कार्यक्रममा बाेल्दै: अनुशासनले परिचित यस विद्यालयले संस्कारसहितको दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । बालबालिकाको शैक्षिक गुणस्तरमा विद्यालयसँगै अभिभावकको पनि अझ महत्वपूर्ण भूमिका हुने भएकाले घरमै सकारात्मक वातावरणमा सिर्जना गर्नुपर्ने बताउनुभयाे ।
त्यस्तै प्रमुख अतिथि मोटिभेटर भूपाल रोकायाले बालबालिकाको शैक्षिक र नैतिक विकासमा अभिभावकको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताउनुभयो।
उहाँले बालबालिकामा विद्यालयलाई मात्र दोष दिने गलत प्रवृत्तिलाई हटाउनुपर्ने बताए। उहाँले बालबालिकाको इच्छालाई बुझेर तिनको रुचिअनुसार शिक्षा दिनुपर्नेमा जोड दिनुभयो। साथै, बाल्यकालदेखि नै साना–साना कुरामार्फत जिम्मेवारी बोध गराउन सक्नुपर्छ उहाँले भन्नुभयो ।
कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक शिला आर्यालले शैक्षिक सुधारका लागि बालबालिकालाई घरमै पढ्ने सकारात्मक वातावरण आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षा केवल विद्यालयमा सीमित नरही, अभिभावकको सहयोग र सचेततामा भर पर्ने भन्दै बालमैत्री वातावरण घर र विद्यालय दुवैमा हुनुपर्नेमा जोड दिनुभएकाे थियाे ।
अन्तरक्रिया सत्रमा सहभागी अभिभावकहरूले विद्यालयको प्रयासको सराहना गर्दै कार्यक्रममार्फत बालबालिकालाकाे भविष्यप्रति आफ्नो ध्यानाकर्षण व्यक्त गरेका थिए ।
विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमको सहजिकरण पत्रकार जित सागर जिएमले गर्नुभएको थियो।








