उरहरी, दाङमा युवक मृत अवस्थामा फेला ।

तुलसीपुर ५, साउन ।

दाङको तुलसीपुर उपमहानगरपालिका–११ स्थित शितलपुरको क्रियाघर प्राङ्गणमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

मृत फेला पर्ने युवकको पहिचान तुलसीपुर १२ स्थित कचिला निवासी २१ वर्षीय किरण खत्रीका रूपमा खुलेको छ। उनी मान बहादुर खत्रीका छोरा हुन्।

स्थानिय बासिन्दाले साउन ४ गते साँझ करिब ७ बजेतिर क्रियाघरको प्राङ्गणमा युवकको शव देखेपछि तत्कालै घटना सम्बन्धी जानकारी प्रहरी चौकी उरहरीलाई दिएका थिए।

जानकारी पाएपछि प्रहरी चौकी उरहरीबाट प्रहरी नायब निरीक्षक एक बहादुर खड्काको टोली घटनास्थलमा खटिएको थियो भने थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी नायब उपरीक्षक अनिल ठकुरीको कमाण्डमा ७ जनाको प्रहरी टोली परिचालित गरिएको थियो।

परिवारजनका अनुसार किरण खत्री मिति २०८२ साल साउन ३ गते दिउँसो १२ बजे घरबाट निस्किएका थिए।

मृतकको शवलाई पोष्टमार्टमका लागि पठाइएको थियो र पोष्टमार्टम प्रक्रिया सम्पन्न भइसकेको प्रहरी स्रोतले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत