काठमाडौं २६, साउन ।
दीपक ओली,
उज्यालो नेटवर्क मल्टिप्रपोज एन्ड डिजिटल प्रालिको औपचारिक शुभारम्भ काठमाडौँमा सम्पन्न भएको छ।
काठमाडौँमा आयोजित शुभारम्भ कार्यक्रममा म, सञ्चालक तथा अध्यक्ष दीपक ओलीको साथमा धनबहादुर बुढाथोकी, गायत तथा सर्जक रमेश शर्मा लगायत थुप्रै गन्यमान्य व्यक्तित्व पाहुना ज्यूहरूको उपस्थिति रहेको थियो। यस उज्यालो नेटवर्क मल्टीपर्पोज एण्ड डिजल प्रालीको कम्पनीको उद्देश्य र भविष्यका योजनाहरू सबैको उपस्थितिमा प्रस्तुत गरिएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका सम्मानित व्यक्तित्व, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उपस्थितिले माहोल उत्साहपूर्ण बनेको थियो
हाम्रो मुख्य लक्ष्य — देशविदेशमा रहेका दर्शक–श्रोतालाई भरपर्दो, तथ्यपूर्ण र समयमै सूचना–समाचार पुर्याउनु हो। हामी काठमाडौँबाट दैनिक रूपमा नयाँ अपडेटसहित तपाईंहरूसम्म पुग्नेछौँ।”
— दीपक ओली, सञ्चालक एवं अध्यक्ष
🎥 प्राविधिक टिम
यस अभियानलाई सफल बनाउन क्यामराम्यान, एडिटर र रिपोर्टरको भूमिकामा रमेश जैसीले जिम्मेवारी सम्हाल्नुभएको छ। उहाँको प्राविधिक दक्षता र अनुभवले सामग्रीलाई अझ आकर्षक र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
🌐 निरन्तर अपडेटको प्रतिवद्धता
अबदेखि दियालोअनलाइन डट कम सहित उज्यालो नेटवर्कका सबै डिजिटल प्लेटफर्ममार्फत समाचार, सूचना तथा जानकारीमूलक सामग्री नियमित रूपमा उपलब्ध हुनेछ।
यो शुभारम्भसँगै, उज्यालो नेटवर्क मल्टिप्रपोज एन्ड डिजिटल प्रालिले नेपालको डिजिटल सञ्चार क्षेत्रमा नयाँ अध्याय सुरु गरेको छ।









