तुलसीपुरमा फर्निचर उद्योगमा आगलागी, नियन्त्रणमा ।

दाङ, भदौ २ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१२ पुकार पसल नजिक रहेको सिद्धिबिनायक फर्निचर उद्योगमा आज दिउँसो आगलागी भएको छ। दिउँसो करिब ३ः१० बजे आगलागी भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी नायब निरीक्षक अनिल ठकुरीको कमाण्डमा २५ जनाको टोली घटनास्थल पुगेको थियो।

स्थानीय, प्रहरी, तुलसीपुर उपमहानगरपालिकाको दमकल तथा अन्य पानी ट्याङकरको सहयोगमा आगो निभाउने कार्य सञ्चालन गरिएको थियो। करिब ३ः५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

यस घटनामा मानवीय क्षति नभएको पुष्टि भएको छ भने आर्थिक क्षतिको विवरण भने आउन बाँकी छ। आगलागी भएको फर्निचर उद्योग तारा बहादुर वलीको स्वामित्वमा रहेको जनाइएको छ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत